arrow

नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा, थपियो घाना 

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
nepal-ghana.jpg

न्यूयोर्क । नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ ।     
     
संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरे ।      
     
राष्ट्रसङ्घको प्रधानकार्यालयमा बुधबार भएको एक सङ्क्षिप्त समारोहमा दुवै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेपछि पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ