arrow

सरकारले कर बढाएको डा. महतसँग व्यवसायीले गरे गुनासो

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
mahat6.jpg

सर्लाही । पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महतले बिहिबार बिहान सर्लाहीको बरहथवा १ हजरियामा बागमती नदिले कटान गरेको क्षेत्रको अवलोकन गरेका छन् । अवलोकन गर्दै नेता महतले तत्काल क्षतीको न्यूनिकरण गर्न र दिर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग समेत गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव,प्रतिनिधि सभा सदस्य अमरेश सिंह लगायतले कटान क्षेत्रको अवलोकन गरेका हुन्  ।

यसैबीच,बिहिबार बिहान बरहथवा बजारमा डा रामशरण महतले व्यवसायलाई कसरी व्यवस्थित तरिकाबाट सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा व्यवसायीसँग अन्र्तक्रिया कार्यक्रम गरेका थिए ।

 कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय सरकारले बढाएको करले व्यापार व्यवसाय संचालन गर्न गाह्रो भएको गुनासो पोखेका थिए। नेता महतले आफूँ र आफ्नो पार्टी सदैव निजी क्षेत्रको पक्षमा रहेकाले यसको विकासमा सधैँ सहयोग गर्ने धारणा व्यक्त गरे ।

अब गुटउपगुट भन्दा माथि उठेर जनताको घरदैलोमा जाने बेला भएको पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महतले धारणा राखेको विद्यार्थी नेता युवराज देवकोटाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ