बाँके। नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन् । भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि जडीबुटी निकासी हुन नसकेर गोदाममै थन्किएका हुन् ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारीले केही वर्षदेखि ‘ट्रान्जिट परमिट’ को नाममा भारतले विभिन्न प्रकारका अवरोध सिर्जना गरेकाले जडीबुटीको निकासी न्यून हुँदै गएको बताए ।