arrow

ओली सरकार फासीवादतर्फ उन्मुख भयो – गगन थापा 

logo
प्रकाशित २०७६ असोज १२ आइतबार
gagan-thapa11.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकार फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । आइतबार यहाँ भएको कार्यक्रममा उनले दुई तिहाईको बहुमत भए पनि केही काम गर्न नसकेपछि सरकार नै फासीवादतर्फ उन्मुख भएको बताएका हुन् । 

उनले कानुन बनाएर भए पनि सरकारले आफ्नो फासिस्ट रुप देखाएको आरोप लगाए ।

कांग्रेस सांसद दिव्यमणी राजभण्डारी, पूर्व राज्यमन्त्री उदय शमशेर राणा, काठमाडौं कांगेस सभापति सबुज बानियाँ, प्रदेश सांसद नहुच्छेनारायण श्रेष्ठ सहितका क्षेत्र नं ४का नेता कार्यकर्ता सहभागी कार्यक्रममा थापाले सांसदको रुपमा गत दुई बर्षमा आफुले गरेका कामहरुको विवरणसमेत सार्वजनिक गरेका थिए। कार्यक्रममा यसो भने गगन थापाले –

२०७४ सालको निर्वाचन मेरा लागि सजिलो निर्वाचन थिएन। मेरो निर्वाचन (काठमाडौं ४) क्षेत्रमा तत्कालिन एमाले र माओवादी यथेष्ट प्रभाव राख्ने पार्टी थिए। ति दुई पार्टीको एकिकरणले अंक गणीतीय हिसावले पनि निर्वाचन जटिल बनेको थियो । अप्ठ्यारो यस कारण पनि थियो कि राजधानीवासीहरु कांग्रेससँग खुसी पनि थिएनन्। म यसै निर्वाचन क्षेत्रको सांसद भएकाले स्वभाविक रुपमा मसँग पनि गुनासाहरु थिए। कडा मिहिनेत गर्नुपर्छ भन्ने थाहा थियो। त्यसको लागि एकल प्रयासले मात्रै हुने थिएन।मलाई क्षेत्रका साथीहरुबाट सहयोग मिलेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिदैं गर्दा उहाँले वोल्दै गर्दा संसदमा निस्केको आवाजले थोरै सांसद रहेका कांग्रेसका सांसदको मुटुको धड्कन बढेको अवस्था थियो। एक प्रकारको भय र प्रधानमन्त्री प्रतिको चरम विश्वास पनि थियो। अपेक्षा पनि थियो। त्यसै दिन संसदमा बोलेर निस्कदै गर्दा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अलि पर पुगेपछि फेरि फर्केर आउनुभयो । र, विस्तारै हात समाएर विस्तारै  भन्नुभयो,‘तपाइले आज राम्रो बोल्नुभयो।’प्रधानमन्त्रीले अवस्था गरेको  भय र विश्वासले कसैले आवाज निकाल्न सक्ने अवस्था थिएन।

प्रतिपक्षले झकझकाउने,दबाब दिने,सहि निर्णयको लागि प्रभावित गर्ने हो।कतिपय सन्दर्भमा प्रतिरोध गर्ने हो। प्रतिपक्षले आफ्नो भुमिका सहि ढंगले गर्न सकेन भने सत्तापक्षले पनि आफ्नो काम  सहि ढंगले गर्न सक्दैन। संसदमा हेर्दाहेदै प्रधानमन्त्रीको आवाजमा ५र६ महिनामै टेबल ठोक्नेका संख्या घट्दै गयो। अहिले आवाज सुनिन्न। प्रधानमन्त्रीको बोलीमा टेबल ठोक्नेको संख्या घट्न धेरै समय लागेन।त्यस्तो अवस्था बन्नुको कारण छ।

पार्टी बन्दै गर्दा इतिहास हुन्छ,विचार हुन्छ।परम्परा र पद्धति हुन्छ। लक्ष्य र कार्यक्रम पनि हुन्छ। नेपाल कम्युनिस्ट पार्टीको सन्दर्भमा दुई पार्टी विच वर्षौ छलफल भएर लक्ष्य किटान गरि नेकपा बनेको होइन। भरतपुरको निर्वाचनमा कांग्रेस र माओवादी मिलेर चुनावी गठबन्धन भयो।त्यसपछि माओवादीलाई लाग्यो–कांग्रेसको मतदाता जब्बर हुन्छन्।रुख भन्दा अर्को चिन्हमा भोट हाल्न उनीहरुलाई सजिलो नहुने उसले बुझ्यो। एमालेले के सन्देश के प्राप्त गर्योरुकांग्रेस र माओवादी विच गठबन्धन भई निर्वाचन लड्यो भने उसले हार बेहोर्ने बुझ्यो।प्रचण्ड आफैलाइ निर्वाचन हार्ने डर र प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री कहिले हुन नपाउला भन्ने डरका कारण एकता भयो । ति दुई विचमा भएका डरको जगमा एकता भएको हो।सिद्धान्त,विचार,कार्यक्रमले एकता भएको होइन। सिद्धान्तको आधारमा बनेको भए अहिले आएर सिद्धान्त खोज्नुपर्ने थिएन।पार्टी एकता भएको डेढ वर्ष पछि आएर अहिले आफ्नो सिद्धान्त खोजिरहेको छ।माओ,माक्र्स ,लेनिन पछि अब चिनको राष्ट्रपतिको सिद्धान्त अंगाल्न लागेको छ। त्यसलै, यो पार्टी बन्नुको तात्पर्य नै अंक गणीतका लागि हो।

सरकार अंक गणितमा बलियो छ। तर काम गर्न सकेन।एक पछि अर्को गल्ति गर्दै गयो।गल्तिलाई सच्चाउन सरकारले कहिले पनि चाहेन।गल्ति गर्दै जादा वर्तमान सरकारले तीन ठाउँमा हात हाल्यो।सरकारले अदालत माथि तरबार झुण्डाएको छ।दाया वाया गरिस् भने मसँग दुई तिहाई छ भनि तर्साएको छ।संवैधानिक निकायहरुलाई एक पछि अर्को प्रहार गरि कमजोर बनाएको छ।संसदलाई सरकारले आफ्नो छाया बनाएको छ। प्रधानमन्त्रीको आदेश मैले पालना गरिरहेको भनि सभामुखले नलजाइकन भनिरहनुभएको छ।

विधिको शासन र विधिबाट शासन दुई फरक कुरा हुन्।कानुन बनाउँदै गर्दा संविधानका आधारभूत मुल्य मान्यता भत्काउन पाइदैन।बहुमतबाट विधेयक पारित गर्ने नाममा व्यक्तिको स्वतन्त्रता माथि प्रहार गर्न खोजिएको छ।मिडिया काउन्सिल विधेयक,पैत्रिक सम्पति हस्तान्तरणमा लाग्ने करले व्यक्तिको नैर्सगिक अधिकार खोस्न खोज्दैछ। व्यक्तिले कमाएको सम्पति छोरा नाति हुँदै पुस्तान्तर हुँदै गर्दा सम्पतिमा लगाउने करबाट सम्पति राख्नु वा नराख्नुमा बराबर हुन्छ।यस्ता दर्जनौं कानुन सरकारले बनाउँदैछ।

जनतालाई कांग्रेसले प्रतिपक्ष बनाएको संसदमा थपडि बजाउन होइन। सरकारका गलत कदमको प्रतिरोध गर्न हो।आवश्यक परेका बेला प्रश्न गर्ने हो। दबाब पनि समय समयमा दिनुपर्छ।  प्रधानमन्त्रीले लगातार भन्नुभएको छ – मन्त्रीहरुको कार्यशैलीबाट चित्त बुझेको छैन।उहाँले मन्त्रीहरुलाई जस्ट पास भन्नुभएको छ।नागरिकको तर्फबाट मुल्यांकन गर्दा जस्ट पास होइन। सबै फेल भएका छन्। 

राजनीतिक अधिकारका लागि हामी विगतमा किन लड्यौंरु नागरिक स्वतन्त्रताका लागि लड्यौं। अब त कानुन बनाएर नागरिकको स्वतन्त्रतामा बन्देज लगाउन खोजिएको छ। व्यक्तिको कुरा छोडेर चितवनमा ज्ञानेन्द्र शाहीको घटना हेरौं। सरकार संरक्षितबाट आक्रमण भएको छ। जनताको सुरक्षा गर्नुपर्ने सरकारबाट असुरक्षित हुने अवस्था छ। राणा,पञ्चायत र राजासँग किन हामी लड्यौंरु त्यहि स्वतन्त्रताको लागि हो। आज त्यो स्वतन्त्रता कानुन बनाएर खोसिदैछ।सरकारमा बसेर खोसिदैछ। अधिनायकवाद पहिले जस्तो बन्दुक लिएर आउदैन।तानाशाहहरु बाजा बजाएर आउँदैनन्।चुनावबाट आएर कानुन बनाई एक पछि अर्को जनताको  अधिकार खोस्छन्।वोल्ने हक,सम्पतिको हक सबै खोस्छन्। प्रतिवाद गर्नेलाई राजावादी भन्छन्,प्रतिगमनकारी भन्छन्। फासिस्ट सरकार फासिस्ट हुने संकेत गर्दैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ