मदिरा बनाउने ट्यांकीमा एकै परिवारका चार सहित पाँचको शव बरामद
सबैको सनाखत
मुकेश यादव,
प्रकाशित २०७६ असोज १५ बुधबार
461
Shares
कलैया। बाराको फेंटा गांउपालिकामा घरेलु मदिरा बनाउने टयांकीमा एकै परिवारका चार जना सहित पांच जनाको शव बरामद भएको छ ।
घरभित्रको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव फेला परेको बाराका प्रहरी नायब उपरीक्षक रंजितसपंह राठौरले जानकारी दिएका छन्।
उनीहरको मृत्यो के कति करणले भएको पपोष्टमार्टम रिपोट पछि मात्र थाहा हुने राठौरले जानकारी दिए। उनीहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पताल लग्ने तयारी भैरहेको बताईएको छ।
घरेलु मदिरा बनाउनका लगि बिजुलीको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने बताईएको छ। पोष्टमार्टम पछि मात्र सत्य तथ्य बाहिर आउने राठौरले जानकारी दिए।
मृत्यु भएकाहरुको सनाखत भएको छ।
मृत्यु हुनेमा फेटा गांउपालिका ७ बतराका करिब ४० वर्षिय जोग्गा मुखिया विन, उनका ३५ वर्षिय श्रीमती लालमुनि देवि, १२ वर्षिय छोरी सुमनि मुखिया, ३० वर्षिय भाइ महेन्द्र मुखिया विन र भारतीय नागरिक ५५ वर्षिय बाबा भन्नेको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक रंजितसपंह राठौरले जानकारी दिए।