छुरा प्रहार गरी फुपाजुको हत्या

जितेन्द्र भण्डारी, प्रकाशित मिति : २०७६ असोज २३ बिहिबार

पाँचथर। पाँचथरको याङवरक ६ नागीमा छुरा प्रहार गरि भदाले फुफाजुको हत्या गरेका छन्। आईतराज योङहाङले छुरा प्रहार गरि फुफाजु अर्जुन माबोको हत्या गरेका हुन्।

घरमा गफगाफ गरि बसिरहेको समयमा योङहाङले मावोलाई एक्कासी छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका अन्दाजी ४२ वर्षका मावो सोहि ठाँउका मोहनसिँ योङहाङका ज्वाँई हुन् ।

उनी ससुराली घरमा घर ज्वाँई बस्दै आएको बताइएको छ । योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको बडा अध्यक्ष ताराबहादुर योङहाङले बताए । छुरा प्रहार गर्ने योङहाङलाई प्रहरीले पक्राउ गरीसकेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ