पाँचथर। पाँचथरको याङवरक ६ नागीमा छुरा प्रहार गरि भदाले फुफाजुको हत्या गरेका छन्। आईतराज योङहाङले छुरा प्रहार गरि फुफाजु अर्जुन माबोको हत्या गरेका हुन्।
घरमा गफगाफ गरि बसिरहेको समयमा योङहाङले मावोलाई एक्कासी छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।
उनी ससुराली घरमा घर ज्वाँई बस्दै आएको बताइएको छ । योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको बडा अध्यक्ष ताराबहादुर योङहाङले बताए । छुरा प्रहार गर्ने योङहाङलाई प्रहरीले पक्राउ गरीसकेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए।