arrow

छुवाछुत गरौं तर जातीय हैन प्लास्टिकसंग

अधिक्तम प्लास्टिक प्रयोगले क्यान्सरसम्म

logo
भरत बगाले योगी, युएई
प्रकाशित २०७६ असोज ३० बिहिबार
Bharat-bagale-yogi.jpg

हामिले क्रान्तिलाई हमेसा बलिदानसंग जोड्यौ । अर्थ, राजनिती र रगतसंग जोड्यौं । त्यो सब ठिकै होला । तर सत्य अर्को के पनि हो भने, क्रान्ती सिर्फ ठूलो परिवर्तन मात्र नभएर सानो बानी, आचरण वा स्वभाव पनि हो । खासगरिकन फरकधार, फरकमत क्रान्तीको महत्त्वपूर्ण हिस्सा हो, बिज हो । जुन आफु, घर-परिवार र समाजसङ्ग हुने गर्छ । त्यस्तै अब जरुरी एक क्रान्ती - स्वास्थ र पर्यावरणको लागि प्लास्टिक बहिस्कार अथवा छुवाछूतको सुरुवात !

नेपाली समाजमा जातीय छुवाछुतको ठूलो कहर छ जुन बिस्तारै कम हुँदैछ । हामी मानिस बिरुद्ध छुवाछुतमा विश्वास गर्छौं तर जुन कुरासँग छुवाछुत गर्नु पर्ने त्यसबारे हामीलाई कुनै जानकारी छैन।

छुवाछुत शब्द आफैमा अमानवीय छ तर प्रचलन मै रहेको शब्दको सहि ठाउँमा प्रयोग गरौं र त्यो ठाउँ हो पर्यावरण र स्वास्थका लागि हानिकारक बस्तुसङ छुवाछूत ! भान्सामा अछुत सामान लाई निषेध !  

एक अध्यानका अनुसार नेपालको औसतमा एउटा परिवारले १ हप्तामा १० झोला प्लास्टिकको प्रयोग गर्छ । पूरा देशमा १ दिनमा १० लाख प्लास्टिक झोला फालिन्छ (बिस्वभरि १ मिनेटमा २० लाख) १ दिनमा २ लाख किलो प्लास्टिक फोहोर जम्मा हुन्छ । यस्तो डरलाग्दो आंकडा छ । यस्को मतलब प्लास्टिक हाम्रो जिवनको हिस्सा बनेको छ । त्यसैले आउनुहोस् तपाईं र म मिलेर सामुहिक रुपमा प्लास्टिक छुवाछुतको सुरुवात गरौं ।

तपाईले भान्सामा उपभोग्य सामान कस्तो भाडामा राख्नुहुन्छ र किन ?? सायद सबैको उत्तर एउटै होला – "प्लास्टिक जन्य, किनकी सजिलो अनि सस्तो"  दैनिक जिवनमा प्लास्टिक हाम्रो घनिस्ट साथी बनेको छ । यसो भनु हाम्रो साहारा हुँदै आहारा बन्दै छ । हाम्रो स्वास्थ हाम्रो खानाको उपज हो, जसरी मानिसको स्वभाव संस्कारको उपज हो ।

हामीले उठेर गर्ने पहिलो काम ब्रस देखि सुत्नु पुर्ब पिउने पानीको बोतल सम्म, सिरको टोपीदेखि पैतलाको चप्पलसम्म, भान्साघर देखि, चर्पीघरसम्म, चकलेटको खोलदेखि खेल्ने बल, टाग्ने झुलसम्म सबै प्लास्टिक । अझ गाउँघरको त कुरै नगरौं तुलनात्मक रुपमा कति हो कति बढी । त्यो पनि बर्सौ पुरानो । बिभिन्न रास्ट्रहरुमा यस्को कम भन्दा कम प्रयोग गरिन्छ (Rwanda मा पुर्ण प्रतिबन्धित) तर हामिकोमा गर्बका साथ बढी भन्दा बढी ! अनि यो त सुरुवात मात्र हो । भबिस्यमा यस्ले कस्तो बिकराल रुप लिन्छ अनुमान गर्न गाह्रो छैन । किनकी बढ्दो प्लास्टिक मोहले कति बेला कुन खाडलमा हाल्छ थाहा छैन ।

सजिलोको नाममा पत्तै नपाइकन पत्ता साफ हुने डर । त्यसैले बेलैमा सजकता अपनाउन जरुरी छ । इतिहास हेर्ने हो भने हाम्रो सम्बन्ध टाढा टाढा सम्म पनि प्लास्टिकसङ्ग छैन तर नवबेहुली भित्राए झै जानी-नजानी हामीले घरमा प्लास्टिक भित्राएका छौँ । प्लास्टिक मात्र भित्र्याएका छैनौं रोग पनि भित्राएका छौँ । भान्सामा प्रयोग हुने जस्तै:- तरकारी काट्ने बोर्ड, दाल, चामलको राख्ने भाडा, नुन चिनी, तेल, बेसार, मसला, आलु, प्याज, लसुन आदि इत्यादी राख्ने सबै बट्टा, भाडा, टोकरी कुनै न कुनै रुपमा प्लास्टिकका ।

कुनै कोकाकोलाको, कुनै च्यवनप्रासको, कुनै हर्लिक्सको बट्टामा खाद्यान्न सजिएका छन् । छतको पानी ट्यान्क, बस्ने कुर्चि, खाना खाने टेबल देखि खाना पस्कने पनियो जुठा भाडा मस्क्याउने जालि सम्म सबै प्लास्टिक । कैले काहीँ त प्लास्टिककै प्लेटमा खान्छौ त्यो पनि तात्तातो जस्को कारण प्लास्टिकमा हुने रसायन (BPA) सिधै शरीरमा । धेरै लाई यो लाग्न सक्छ यस्ले कति नै असर गर्छ र ?? हामी लाई बोध नै छैन के सम्म हुन सक्छ । तर बुझ्नुस यसरी कि झिनोले नै हो मुढो पोल्ने । सलाई को सानो काटिले नै हो ठूलो जङ्गल आगोले बिनास पार्ने ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार अधिक्तम प्लास्टिक प्रयोगले क्यान्सर सम्म हुन सक्छ । प्लास्टिकको भाडामा पाइने साना साना रसायन (BPA) जो भाडा भित्रको बस्तु सङ घुलिन्छ र ती बस्तु मार्फत उक्त साना साना कण सुक्ष्म तरिकाले सरिरमा खाना मार्फत जान्छन् । अझ तातो चिज जस्तो घिउ, सुप, दूध, चिया प्लास्टिकमा खन्याउदा चाडो घुलिन्छ र ती क्रमस संकलन हुँदै जान्छन् जस्लाई शरीरले पचाउदैन (माटोमा गल्न ५०० देखि १ हजार साल लाग्छ) अनि यसले आजको भोलि बिरामी बनाउने हैन तर बिस्तारै असर गर्दै जान्छ । उदाहरणका लागि हाम्रा पुर्खा जो प्लास्टिकजन्य सामान प्रयोग गर्दैनथे र निरोगी हुन्थे अचेलका हामी जो समान्य स्वास्थ्य समस्या आइरहन्छ । सायद यी र यतै जन्य बस्तुको क्रमशः प्रयोगको नतिजा ( USA मा ६ बर्स माथिका ९३% मानिसमा BPA पाइन्छ) होला।

बिकसित मुलुकहरु ‘ब्याक टु दि नेचर’ तिर दौडियता पनि हामिले यो रेस भने, सजिलै जित्न सक्छौं । यदि बेलैमा सचेत भयौ भने । किनकि यो हाम्रो लागि सजिलो रेस हो । बिस्वमा सन् १८६२ बाट सुरु भएता पनि हामिले भर्खरै जसो त हो प्लास्टिक प्रयोग व्यापक गरेको तेसैले सजिलै बिस्तापित गर्ने पनि सक्छौं । अझै बिग्रिएको केही छैन । जब जाग्छौ तब उज्यालो । यसरी सुरु गरिहालौ:-

  • सकेसम्म माटो बाट बनेका भाडा प्रयोग गरौ  । (ननन्स्टिकि प्रयोग बन्द गरौ) धेरै देशमा ननस्टिकी भाडा ब्याण्ड छ ।
  • भान्सामा भएका डिब्बा जो सामान्य सोचेर राखेका छौ तिनलाई बिस्थापित गरेर सके आजै नत्र, बिस्तारै सिसाको या स्टिलको भाडा प्रयोग गरौं । यी किफायती छन् ।
  • बजार जादा तरकारी किन्न जादा कपडाको झोला लिएर जाउ । किराना पसल बाट १/२ पिस सामान हात मै ल्याउन सकिन्छ भने प्यास्टिकको थैली नमागौं ।
  • खाना पकाउदा या बचेको खाना राख्दा सम्भब भए सम्म परम्परागत रुपका भाडा प्रयोग गरौ  ति तामाका, कासका, गिल्टेका, स्टिलका हुन सके । तर भुलेर पनि प्लास्टिक को प्रयोग नगरौं । अझ तातो ना बाबा ना !!
  • प्लास्टिकलाई सकेसम्म नजलाउ, नपुरौ, पानीमा नबगाउ, किनकी यो मघ्य जसो गर्दापनि पर्यावरणमा पर्ने असर कम हुदैन ।
  • आगो सल्काउदा प्लास्टिक प्रयोग नगरौ ।

अतः चुरो कुरो के भने, छुवाछुत शब्दलाई त्यता तिर मोडौ, जता मोड्दा पर्यावरण र स्वास्थ्य पनि राम्रो हुन्छ र मानवता जिउदो रहन्छ, सबैलाई साझा फाइदा पुग्छ । तेसैले यो क्रान्ती आफ्नो भान्सा बाट सुरु गरौं , साथिभाई, आफन्त, छर-छिमेकिलाई सिफारिस गरौं उत्साहित गराउँ, सचेत गराउँ र घर समाज हुँदै सिग्गो राज्य प्लास्टिक मुक्त बनाउन टेवा पुर्याउँ । यो हाम्रो लागि ठिक छैन है भन्ने बोध भयो भने, सजिलै यो युद्ध  जितिन्छ । आफ्नो लागि नभए पनि भावी पुस्ताप्रती त अन्याय नगरौं ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ