arrow

बुद्ध एयरको काउण्टर फोड्ने सांसद साह साधारण तारेखमा रिहा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
sah.jpg

जनकपुर । जनकपुर स्थित विमानस्थल तोडफोड आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सांसद प्रमोद साह साधारण तारेखमा छुटेका छन् ।  शुक्रवार जिल्ला अदालत धनुषाको इजलास नम्बर ३ मा सो मुद्दा विरुद्ध भएको थुनछेक बहसपछि न्यायधिश तेजप्रसाद पौडेलको आदेशमा संघीय सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएका हुन् ।

गत सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको विमान ढिलो भएको र एक बिरामी छटपटाई रहेको सहन नसकेपछि आक्रोशमा सांसद साहले सो विमान कम्पनीको काउण्टर खुट्टाले हानेका थिए।

लात्तिले हानेपछि काउनटरको सिसा फुटेको थियो । बुद्ध एयरका कर्मचारीले उनलाई विमान चढन रोकेपछि दुवै पक्षबीच हातपातको अवस्था समेत उत्पन्न भएको थियो ।  घटनापछि बुद्ध एयरको दबावमा नागरिक उड्यान प्राद्यिकरण जनकपुरले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दामा संघीय सांसद साह विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो ।

सोही उजुरीको आधारमा घटनाको भोली पल्टै मंगलबार काठमाडौं स्थित त्रिभुवन विमानस्थलबाट सांसद साहलाई प्रहरीले पक्राउ गरिएको थियो ।  पक्राउपछि सोही दिन उनलाई अनुसन्धानका लागि जनकपुर ल्याएको थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । अनुसन्धानका लागि ४ दिन म्याद थपिएपनि दोस्रो दिनमै प्रहरीले जिल्ला अदालतमा मुद्दा गरेपछि शुक्रवार संघीय सांसद साह थुनछेक बहसपछि साधारण तारेखमा रिहा भएका हुन् ।

यता शनिबार धनुषा  बन्दको घोषना गरेपनि फिर्ता लिइएको राजपाका नेता संजय साहले जानकारी दिएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ