काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको जनाएको छ ।
सूचना जारी गर्दै महाशाखाले हाल देशैभरि सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । काठमाडौं उपत्यका बादलले छोपेको छ । शनिबार भने पूर्णरुपले घाम लागेको थियो ।
महाशाखाले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
त्यस्तै राति देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
आगामी २४ घण्टामा कतै सावधानी भने अपनाउनु नपर्ने महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार पनि वर्षा हुने जनाएको छ । महाशाखाले मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने जनाएको छ ।
त्यस्तै मध्य र पूर्वी पहाडका १–२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ।