arrow

जनसम्पर्कका प्रतिनिधीहरुलाई कांग्रेस नेताहरुको चियापान

' नेकपा कम्युनिष्ट सरकार हैन कम्युनिष्ट सत्ता चलाउन उद्यत '

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
congress-leader-nrn.jpg

काठमाडौं। विदेशमा रहेका नेपाली कांग्रेसको संस्था जनसम्पर्क समितिका प्रतिनिधीहरुलाई नेपाली कांग्रेसका नेताहरुले शनिवार चियापान गराएका छन्। एनआरएनएको सम्मेलनका क्रममा नेपाल आएका जनसम्पर्क समितिका प्रतिनिधीहरुलाई नेपाली कांग्रेसका नेताहरुले चियापान गराएका हुन्। 

कांग्रेस महामन्त्री डा शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा कांग्रेसका अन्य नेताहरुको उपस्थितिमा चियापान भएको थियो। चियापानमा बरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरुको उपस्थिति थियो। 

एनआरएनएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका कुल आचार्य सहितका लोकतन्त्रवादीहरु समेत चियापानमा थिए। 

संक्षिप्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री कोइरालाले जनसम्पर्क समितिका सबै प्रतिनिधीहरुलाई स्वागत गर्दै लोकतन्त्रको रक्षाको लागि सबैले आफ्नो ठाउँबाट डटेर सामना र सहयोग गर्न आग्रह गरे। 

कांग्रेस नेता गगन थापाले पनि जनसम्पर्क समितिका सदस्य तथा प्रतिनिधीहरुलाई चियापान गरेका थिए। धुम्वराहीमा थापाले गरेको कार्यक्रममा एनआरएनएका प्रतिनिधीहरु पनि सहभागि थिए। 

Image may contain: 6 people, including जितु बाबु and Bishwa Adarsha Pandit, people sitting and indoor

थापाले वर्तमान सरकार कम्युनिष्ट सत्ता स्थापना गर्न लागिपरेको बताए। थापाले भने, 'वर्तमान सरकार कम्युनिष्ट सरकार चलाउन नभइ कम्युनिष्ट सत्ता स्थापित गर्न लागिपरेको छ। सरकार मात्र नभइ राज्यका सबै अंगलाई कम्युनिष्टकरण गर्न लागिपरेको छ। यो बेलामा संसारभर रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरुले लोकतन्त्रलाई बलियो बनाउन आआफ्नो ठाउँबाट लाग्नुपर्ने बेला आएको छ।' 

चियापानमा एनआरएनएका अध्यक्षका प्रत्यासी कुल आचार्यले सबै मतदाताहरुलाई धन्यवाद दिदै आरोप प्रत्यारोपमा नलागी सुदृढ एनआरएनए बनाउनेतर्फ लाग्न आग्रह गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ