arrow

प्रधानमन्त्री ओलीबाट बाकु अतेस्गाहको अवलोकन

logo
मनोज कार्की, रासस,
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
pm-oli-baku.jpg

बाकु (अजरबैजान)। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाकुस्थिति अतेस्गाह मन्दिरको अवलोकन गरे। सत्रौँ र अठारौँ शताब्दीमा बनेको र हिन्दू, शिख तथा जोरोअस्ट्रियनले पूजा गर्ने पाँचकुने यस मन्दिरलाई बाकुको अग्नी मन्दिर पनि भनिन्छ। 

प्रधानमन्त्री ओली असंलग्न आन्दोलनको राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनमा सहभागी हुन बाकु आइपुगेका हुन्। उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ