arrow

फरार भ्रष्टाचारी ६९ वर्षीय अशोक पक्राउ

logo
रासस,
प्रकाशित २०७६ कार्तिक १० आइतबार
prisoner-jail.jpg

सप्तरी। भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ। सप्तरीको राजविराज नगरपालिका–२ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले बताए। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ निजकै घरबाट झालाई नियन्त्रणमा लिएको हो।

भ्रष्टाचार मुद्दामा झालाई विसं २०६६ जेठ १६ गते एक वर्ष छ महीना कैद सजायको फैसला भएको र उनी फरारको सूचीमा रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ