arrow

नाकाबन्दीको विकल्प खोज्न सबै दल एक हुनुपर्छ – महामन्त्री सिंह

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
375066605.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नाकाबन्दीको विकल्प खोज्न सबै दल एक हुनुपर्ने बताएका छन् । स्व गणेशमान सिंहको १०१औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसनले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपालमै भएको प्राकृतिक स्रोत सम्पदालाई प्रयोग गरी नाकाबन्दीको विकल्प खोज्नुपर्ने बताए । 

विसं २०४६ को जनआन्दोलनका नायक गणेशमान सिंहले सबै दललाई एक गराएर जनआन्दोलनको नेतृत्व गरे जस्तै अब सबै दलहरू मिलेर आर्थिक क्रान्ति गर्नुपर्ने उल्लेख गरे । वर्तमान राजनीतिमा स्व गणेशमान सिंहले गरेको जस्तो त्यागको खाँचो रहेको औँल्याउँदै महामन्त्री सिंहले भने– “लोकतान्त्रिक मूल्य मान्यता र प्रजातन्त्र प्राप्तिका लागि बिना स्वार्थ लड्ने व्यक्ति सिंह हुनुहुन्थ्यो ।” 

उनले कठिन परिस्थितिमा पनि सिद्धान्त र आदेशको अविचलित रही लड्ने व्यक्ति स्व सिंह हो भने । गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा गणेशमान सिंहसँग जोडिएका विभिन्न सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम गर्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ