करणी गरेको आरोपित स्ववियू सहसचिव राईलाई कार्वाही गर्न नेविसंघ आरआरको माग
प्रकाशित २०७६ कार्तिक १५ शुक्रबार
480
Shares
काठमाडौं। काठमाडौंको माकलबारीमा १८ बर्षिय किशोरीलाई बलात्कार गरेको घटनाको छानबिन गरेर दोषीलाई कार्वाही गर्न नेपाल विद्यार्थी संघ आरआर इकाईले माग गरेको छ।
नेपाल विद्यार्थी संघ आरआरले बिज्ञप्ती जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियन जस्तो विद्यार्थीहरुको हक अधिकारका लागि लड्ने संस्थाको जिम्मेवार ब्यक्ति सहमचिव इन्द्र ह्याङ राई बलात्कार जस्तो जघन्य आपराधीक घटनामा संलग्न हुनुले आफूहरुलाई दुखी बनाएको बताएको छ।
नेपाल विद्यार्थी संघ आरआर इकाईका सभापति सञ्जिब ढकाल र सचिब अनुराग शाहले निकालेको बिज्ञप्तिमा घटनामा संलग्न राईलाई तत्काल कार्वाही गरेर पीडित किशोरीलाई कानुन राज्यको प्रत्याभूति दिलाउन सरकार समक्ष माग गरिएको छ।
माकलबारीको बलात्कारको घटनाले आफुहरुलाई स्तब्ध बनाएको पनि जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। घटनामा संलग्न राई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकटको भातृसंगठन अनेरास्ववियुको पूर्व केन्द्रीय सदस्य पनि हुन।