- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। तत्कालिन सरकारले २१ महिना अघि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर सत्तारूढ नेकपाले आफ्ना नेताहरुलाई नियुक्ती गर्ने निर्णय गरेको छI प्रदेश प्रमुखहरुलाई हटाएर आइतवार नै नयाँ प्रदेश प्रमुख बनाउन खोजेपनि सहमति जुट्न नसक्दा टुंगो लागेको थिएन। सोमवार बसेको नेकपा सचिवालयको वैठकले भने भागवण्डा मिलाएर नाम टुंगाएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ यादव, झापाका बिष्णु प्रसाई, डलेल्धुराका गोबिन्द कलौनी, काठमाडौका शर्मिला त्रिपाठीलाई सचिवालय बैठकले सरकारलाई सिफारिस गरेको हो।
सचिवालयले टुंगाएका ७ जनामा ३ जना पूर्व माओवादी ४ जना एमालेको भागमा परेका छ्न्। विष्णु प्रसाई, सोमनाथ प्यासी, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमाले निकट हुन भने शेरचन, परियार र त्रिपाठी माओवादी पृष्ठभूमिका हुन्।
यि नामहरुलाई मन्त्रिपरिषद बैठकले निर्णय गरी राष्ट्रपतिलाई पठाउने छ। राष्ट्रपतिले यिनै व्यक्तिलाई आजै नियुक्त गर्ने सम्भावना छ। सत्तारुढ दल समाजवादीले पनि एकजना प्रदेश प्रमुख दावी गरेपनि नेकपाले उसलाई भाग लगाएन।