ब्रिटिस सैनिकमा देखिएको तलब भत्ताको समस्या सरकार गम्भीर बनेन: सहमहामन्त्री महत
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
853
Shares
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस बिर्टिस सैनिकहरुको तलब,सेवा सुबिधा बराबर हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन। भुतपुर्व गोर्खा सैनिक र नागरिक समाजले राजधानीमा गरेको कार्यक्रममा सहमहामन्त्री महतले बिर्टिस सैनिकमा नेपाली भएकै कारन तलब सेवा सुबिधामा विभेद हुनु निकै दुखद भएको भन्दै अब तलब सेवा सुबिधा समान नभए बिर्टिस सरकारलाई बिर्टिस सैनिकमा नेपालीलाई नपठाउने चेतावनी दिन पनि सरकारलाई आग्रह गरे।
सहमहामन्त्री महतले आफू परराष्ट मन्त्री हुदा पनि यो बिषयमा सशक्त हिसाबले उठाएको स्मरण गर्दै यो समस्या समाधानका निम्ति नेपालका लागि बेलायतका राजदुत मार्फत बेलायत सरकारलाई बिर्टिस सैनिकमा तलब सेवा सुबिधा बराबरी गर्नका लागि चिठी समेत पठाएको उल्लेख गरे।
आफुले बिर्टिस सैनिकका समस्या समाधानका लागि धेरै कामको सुरुवात गरेको भन्दै अहिलेको सरकार ती कामलाई पूरा गर्न गम्भीर बन्नु पर्ने पनि जिकिर गरे। सहमहामन्त्री महतले नेपालीले बिर्टिस सेना भन्दा पनि काम बढी गर्ने तर सेवा सुबिधा भने कम पाउने कुरा न्यायोचित नभएको ठोकुवा गरे।