arrow

प्रधानमन्त्री ओलीको कृपामा दिव्या सिंहलाई पदक र नियुक्तिको खात

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
oli-divya-singh.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई सरकारले  सम्मान र नियुक्तिको बर्षाएको छ । प्रधानमन्त्री ओली नै दाहिना भएपछि सिंहले यो अवसर पाइरहेकी छिन् ।

संविधान दिवसको अवसरमा सरकारले डा. दिव्या सिंहलाई सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट शुसोभित गर्ने निर्णय गरेको थियो । सरकारले घोषणा गरेको मानपदवी र पदकमा सिंहको नाम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भन्दा अगाडि गरेर सार्वजनीक गरिएको बिषय समेत टिप्पणि भएको थियो ।

बरियतामा प्रधानमन्त्री पछिको पदमा रहेका प्रधानन्यायाधीशलाई सरकारले प्रधानमन्त्रीको निजी चिकित्सक भन्दा तल राखेर बिभूषण पदक दिने घोषणालाई निकै प्रशासनिक बृतमा गम्भिरतापूर्ण हेरिएको थियो ।

सो घोषणाको दुई महिना नबित्दै उनै सिंह प्रति प्रधानमन्त्रीको कृपा रहेपछि उनि फेरि चिकित्सा शिक्षा आयोगको सदस्यमा मनोनित भएकी छन् । चिकित्सा शिक्षा विज्ञको कोटाबाट प्रधानमन्त्री ओलीले आफ्नै निजी चिकित्सक डा. शाहलाई सोमबार चिकित्सा शिक्षा आयोगमा मनोनित गरेका हुन् । सिंहसँगै १० जना सदस्य पनि मनोनित भए। आयोग अध्यक्षको हैसियतमा प्रधानमन्त्रीलाई ११ सदस्य मनोनित गर्ने अधिकार छ।

सिंहसँगै मनोनित हुने अन्यमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भइरहेका त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उपकुलपति, मेडिकल तथा नर्सिङ पेशागत संगठनका दुई अध्यक्ष, नागरिक समाजका दुई र चिकित्सा शिक्षाका तीन जना विज्ञ रहेको शिक्षा मन्त्रालयले जनाएको छ। एशोसिएसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिस्ट नेपाल र नेपाल नर्सिङ संघका अध्यक्ष सदस्य रहने छन्।

यस्तै, नागरिक समाजका तर्फबाट डा. रमेशकान्त अधकिारी र डा. सीता गुरुङ मनोनित भएका छन्। चिकित्सा शिक्षा विज्ञबाट प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह, शैली प्रधान र जगदीश अग्रवाल मनोनित भएका छन्। अग्रवाल चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन हुन्।

यसअघि मन्त्रीपरिषदले चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा डा. श्रीकृष्ण गिरीलाई नियुक्ति गरिसकेको छ। आयोगमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। यसअघि नै निजी मेडिकल कलेजबाट नेसनल मेडिकल कलेज सञ्चालक बसरुद्दिन अन्सारीलाई प्रधानमन्त्रीले मनोनित गरिसकेका छन्। उनी निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष हुन्। निजी मेडिकल एसोसिएसन अध्यक्ष आयोगको मनोनित सदस्य हुने व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ