arrow

चीनले मिचेको जमिनको हिसावसहित काठमाडौंमा प्रदर्शन

सीमादेखि व्यवसायसम्म पिडित भएको प्रदर्शनकारीहरुको भनाई

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
illiegal-chinese-go-back.jpg

काठमाडौं। लिपुलेक र कालापानीको बारेमा विरोध भइरहेको बेला चीनले पनि सीमा मिचेर नेपाली भूमि कब्जा गरेको बिरोधमा राजधानीमा मौन जुलुस निकालिएको छ। चीनियाँहरुले सीमादेखि व्यवसायसम्ममा अवैध हर्कत देखाएको विरोधमा स्वतन्त्र नागरिक समुहले पर्यटकीय नगरी ठमेल क्षेत्रमा मौन जुलुस गरेको हो ।

चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६ हेक्टर भूभाग मिचेको छ । सोही विषयलाई लिएर स्वतन्त्र नागरिक समूहले विरोध जनाएका छन् । ‘संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भुभाग मिचेको हो,’ भन्दै र्‍यालीमा प्लेकार्ड सहित विरोध जनाएका थिए । उनीहरुले ‘अवैध चीनियाँ नागरिक फिर्ता जाउ’ जस्ता नाराहरु थिए ।

चीनियाँ व्यवसायी आएपछि विस्थापनमा परेका, अवैध घरभाडा सम्झौता गरी फसेका र चीनियाँहरुका कारण दुःख पाएका व्यक्तिहरु सहभागी थिए । र्‍याली सञ्जय कोष भवनबाट सुरु भई क्षेत्रपाटीमा पुगेर समापन गरेका थिए ।     

कुन जिल्लामा कति मिचियो ?
चीनले हुम्ला, रसुवा, सिन्धुपाल्चोक, संखुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ । चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालीमा ४ हेक्टर, रसुवाको सन्जेन खोलामा ७ हेक्टर, भुर्जुग खोलामा १ हेक्टर, लेम्दे खोलामा १ हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन् । ती भन्ज्याङहरूले नेपाल–चीन सीमा नाकाको काम गरेका छन् । तिब्बत स्वासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडकको सञ्जाल फिजिँदै आएकोले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएकोले नेपालको भूभाग तिब्बततर्फ गइरहेको मन्त्रालयको नापी शाखाले जनाएको हो ।

चिनियाँ अतिक्रमण बिरुद्ध समेत ठमेलमा प्रदर्शन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ