arrow

चिनियाँ अतिक्रमण बिरुद्ध समेत ठमेलमा प्रदर्शन

चिनियाँ व्यवसायी आएपछि विस्थापित स्थानिय समेत प्रदर्शनमा

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
go-back-chaina-thamel.jpg

काठमाडौं। काठमाडौंको पर्यटकीय केन्द्र ठमेलका स्थानियहरुले चिनियाँ अतिक्रमणको विरोधमा प्रदर्शन गरेका छन्। सीमामा भारतीय अतिक्रमणको बिरुद्ध देशव्यापी प्रदर्शनहरु भइरहँदा चिनियाँ पक्षबाट सीमा भइरहेको अतिक्रमणको पनि एक पछि अर्को तथ्य सार्वजनिक हुन थालेको छ। 

केहि दिन अघी चिनिया दुतावास अघी केहि व्यक्तिहरुले चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणको बिरोध गरेका थिए। तर भारतीय अतिक्रमणको बिरुद्ध भारतीय दुतावास अगाडी सयौंको संख्यामा यूवा विद्यार्थीहरु र नागरिक समाजका अगुवाहरु पुग्दा चिनियाँ दुतावासमा भने केहि व्यक्ति मात्र देखिन्थे। 

बुधवार भने पर्यटकीय केन्द्र ठमेलमा भने फरक दृश्य देखिन्थ्यो। पछिल्लो समय चिनियाँ व्यवसायीहरुबाट ठमेलमा नेपाली व्यवसायीहरु विस्थापित हुन पुगेको तथा घरबेटीहरु पिडित हुन पुगेको चर्चा चलिरहँदा चीन बिरुद्ध प्रदर्शन भएको छ। 

स्वतन्त्र नागरिक समुहका नामबाट ठमेलमा व्यानर तथा प्लेकार्ड प्रदर्शन गर्दै र्‍याली निकालिएको हो। उनीहरुले ठमेल क्षेत्रमा चिनियाँहरु आएपछि नेपालीहरुले गुमाएको व्यवसायको बारेमा चिन्ता जनाएका थिए। 

ठमेलको प्रदर्शनमा सीमामा चिनियाँ पक्षले गरेको अतिक्रमणको पनि चर्चा गरिएको थियो। उनीहरुले अवैधानिक रुपमा चिनियाँहरुले कब्जा गरिएको नेपाली भुमीबाट फिर्ता हुन माग गरेका थिए। सार्वभौम नेपालको उत्तरी क्षेत्रमा चिनियाँहरुले गरेको अतिक्रमण बिरुद्ध भन्ने व्यानर पनि बोकेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ