arrow

विश्व मधूमेह दिवस २०१९ : परिवारको सुरक्षा गरौ

सन्तुलित खाना र नियमित व्यायाम महत्वपुर्ण

logo
डा. ओजश्वी आचार्य, पोषण विशेषज्ञ, फोर्ट वेलनेश
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
World-diabetese-day.jpg

१४ नोवेम्बर, विश्वभर विश्व मधूमेह दिवसका रुपमा “ परिवार र मधुमेह (Family and Diabetes )”  भन्ने नारालाई लिएर जनचेतनाका कार्यक्रमहरु  मनाई रहिएको छ ।

रगतमा सुगरको मात्रा धेरै देखिएमा डायवेटिज अर्थात मधूमेह भनिन्छ । पित्तथैलीले पर्याप्तमात्रामा ईन्सुलिन छान्न नसक्नु या शरीरले ईन्सुलिनप्रति उचित प्रतिक्रिया (response) गर्न नसक्नु नै मधूमेह हो।

मधुमेहलाई दुई प्रकारमा विभाजन गरिएको छ । मधुमेह - १ मा शरीरले ईन्सुलिन उत्पादन गर्नै सक्दैन भने  मधुमेह - २  मा  शरीरले उचित र पर्याप्त मात्रामा ईन्सुलिन उत्पादन गर्न नसक्ने हुन्छ । मधुमेह रोगीहरुमा १०% मधुमेह-१ बाट  पिडित हुन्छन् भने बाकी ९० % मा मधुमेह- २ देखापर्ने गरेको छ ।

मधुमेह - २  इतिहासको कहालीलाग्दो प्राणघातक रोग Plague जस्तै एककाइसौ सताब्दी को घातक रोगको रुपमा संसारभरि फैलिरहेको छ । यस्ले मानब जातिको स्वास्थ्यमा नराम्ररी असर पारेको पाईन्छ । मधुमेह रोग विशेस गरेर आहार बिहारको गलत छनौटको परिणामबाट बढी मात्रामा देखिने गर्दछ। यो रोग (Type-II Diabetes ) धेरैजसो रोकथाम गर्न सकिने, उपचार गर्न सकिने हो तथा सन्तुलित खान्की र अनुशासित जीवनशैलीबाट नियन्त्रण हुनसक्ने रोग पनि हो ।

मधुमेहको रोकथामका लागि पहिले पहिले बिरामीलाई भोकैबस्नु पर्ने सल्लाह दिइन्थ्यो । समयको परिवर्तनसंगै यो रोगको नियन्त्रणका लागि चिनी मिश्रित सम्पूर्ण खाद्यपदार्थहरु नखाने सल्लाह  दिइयो । बिगत केहि बर्ष अगाढी देखि बजारमा मधुमेह रोगीले खानहुने चिनी बिहिन  खाद्यपदार्थहरु पाइन थाल्यो । यी खाद्यपदार्थहरुको प्रयोगबाट पनि केहि नकारात्मक असर देखिन थाल्यो।

मधुमेहको उचित व्यवस्थापन गर्न आज भोलि सबैले खाने सन्तुलित खानालाई नै मिलाएर खान सल्लाह दिन सुरु गरिएको छ । सन्तुलित खानाका साथसाथै शारिरीक व्यायामलाई पनि महत्व दिन थालिएको छ।

यो रोगको असर विशेष गरेर बनस्पति जन्य (Plant -based ) खाना खानेहरुमा कम र मांशहारीमा बढी मात्रामा देखिएको छ । मधुमेह रोगीले कम खाना खान भन्दा गुणस्तरिय सन्तुलित खानामा बढी जोड दिनुपर्ने हुन्छ ।

बनस्पति जन्य (Plant -based ) खाद्यपदार्थहरु जस्तै गेडागुडीहरु (दाल, कबुली चना, राज्मा,चना, केराउ, टुसा उमारेको आदि), प्राकृतिक रुपमा पाईने अन्न - Whole Grain  (  गहु, जौ, बाजरा, कोदो, फापर आदि ), तरकारीहरु  (काउली, कुरिल्लो, च्याउ, फर्सी, इस्कुश, करेला, रामतोरिया, सक्खरखण्ड आदि)  , हरियो साग सब्जीहरु र फलफुलहरु (श्याउ, येभोकाडो, केरा, जामुन, भोगटे, किवी, अंगुर आदि) मिलाएर खानुपर्छ । 

  • मधुमेह रोगीले आफ्नो शरीरको स्वस्थ्यकर तौल कायम राखन सक्नुपर्छ ।
  • खानामा नुन र चिल्लोको मात्रा कम गर्नुपर्छ ।
  • मासुखानै पर्दा बोसो रहित ( lean  meat ) मासु खाने गर्नुपर्छ ।
  • घिउ कम भएको दुग्द पदार्थको प्रयोग गर्नु पर्छ जस्तै मोही, चिनी नराखिएको दही, भटमास को दुध (soya milk) आदि।
  • ओखर, बदाम, चिया सीड (Chia seed ), आलश (Flax  seed ), फर्सीको बिया, तील जस्ता बडीमात्रामा फाईबर(fiber) भएका खानेकुराहरु खानामा समाबेश गर्नुपर्छ ।
  • स्याउ, आरु जस्ता फलफुलहरुको सुकुटी पनि मधुमेहका बिरामीले खान उपयुक्त हुन्छ ।

मधुमेहको खान्कीमा अदुवा फाइदाजनक देखिएको छ । सन् २०१४ मा इरानमा गरिएको एउटा अध्यनले दिनहु ३ ग्राम ( १ १/२ चिया चम्चा ) अदुवा को धुलो ८ हप्ता सम्म सेवन गर्दा  'Fasting  Blood  Sugar' र 'HbA1C' को परिक्षणमा उलेखनीय  कमि पाइएको छ  ।

मधुमेहको रोकथाम र उपचारका लागि सन्तुलित खाना खानु पर्छ । स्वस्थ्य मानिसले सन्तुलित खाना र नियमित ब्यायामले मधुमेहबाट बच्न सक्छन। त्यसैगरि मधुमेहका बिरामीलाई पनि सहज जिवन बिताउन नियमित ब्यायाम र सन्तुलित भोजनको आवश्यक्ता पर्छ।

सन्तुलित खानाका लागि पोषण विशेषज्ञहरुसँग परामर्श पनि लिन सकिन्छ। पोषण विशेषज्ञहरुले खानाको तालिकामा मदत गर्छन जस्ले गर्दा मधुमेहका बिरामी वा स्वस्थ्य मानिसलाई के खाने वा नखाने भन्ने अलमल हुँदैन।

[email protected]



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ