arrow

मूर्खलाई बढि महत्त्व दिने मानिस सधै असफल

logo
चाणक्य,
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
chanakya43.jpg

काठमाडौं । पुरानो समयमा भारत विभिन्न वर्गमा विभाजित थियो। त्यस बेला आचार्य चाणक्यले सम्पूर्ण भारतलाई एकजुट गरेर चन्द्रगुप्तलाई अखण्ड भारतको सम्राट बनाए। चाणक्यले नीति पुस्तक पनि रचना गरेका छन् । जसको नाम चाणक्य नीति हो। यस नीतिमा उल्लिखित नीतिहरू अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं।

चाणक्य नीतिमा लेखिएको छ -
मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्।
दंपतो: कलहो नास्ति तत्र श्री: स्वयमागता।।
 
चाणक्य नीति ग्रंथको तेस्रो अध्यायको २१ औँ श्लोकमा यस्तो भनिएको छ । यस श्लोकमा चाणक्यले भनेका छन् जुन ठाउँमा मूर्खाको पूजा हुँदैन, केवल ज्ञानिलाई मात्र सम्मान गरिन्छ। ज्ञानिहरुको कुरालाई लागु गरिन्छ ।

जहाँ पैसा पर्याप्त मात्रामा भण्डार गरिएको छ, अन्नको एक दाना समेत व्यर्थमा फ्याँकिदैन, जुन घरमा श्रीमान्‌-श्रीमती बीच कुनै वाद विवाद हुँदैन, सबै प्रेमसहित बस्छन्, त्यहाँ देवी लक्ष्मी स्वयं आउँछिन्। यस्तो ठाउँमा सधै सुख र समृद्धि रहन्छ। यस्तो घरमा सुख र शान्ति व्याप्त छ।

जुन मानिस मूर्खहरूको पूजा गर्छ, मूर्खहरूलाई बढी महत्त्व दिन्छ, उसको सेवा गर्छ, त्यस्तो मानिस कहिल्यै सफल हुँदैनन्, सँधै दुखी रहन्छ। जहाँ धन पैसा र अन्नको अपमान हुन्छ, सङ्कलन हुँदैन, जुन घरमा श्रीमान्  श्रीमती सधैं झगडा गरिरहन्छन् जहाँ मनमुटाव हुन्छ त्यहाँ देवी लक्ष्मी रोकिदिनन्।

लक्ष्मीकृपा बिना यी गल्तीहरूको कारण परिवारको सम्पत्ति नष्ट हुनसक्छ। यसैले मूर्ख मानिससँग संगतबाट बच्नुपर्छ, थालमा खाना छोड्नुहुदैन , परिवारमा प्रेम कायम राख्नुपर्छ। त्यसोभए मात्र जीवन आनन्दित हुन सक्छ । यदि यी चीजहरूलाई ध्यान नदिए  दु:खहरू कहिले पनि समाप्त हुँनेछैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ