arrow

प्रधानमन्त्री ओलीको तेस्रोपटक हेमोडायलासिस, स्वास्थ्य सामान्य

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
kp-sharma-oli4.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको पुनः हेमोडायलासिस गरिएको थियो ।     
     
 हेमोडायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालका ‘मेडिकल डाइरेक्टर’ चक्रराज पाण्डे तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।     

ओलीलाई थप उपचारका लागि फेरि बाहिर लैजाने तयारी भइरहेको बुझिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ