arrow

जितलाई जिताउन कांग्रेस नेता सिटौला बागलुङमा

logo
नारायण रिजाल, 
प्रकाशित २०७६ मंसिर २ सोमबार
krishna-sitaula3.jpg

बागलुङ । मंसिर १४ गते हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन काँग्रेस नेता कृष्ण सिटौला बागलुङ पुगेका छन् । 

बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) प्रदेश सभा उपनिर्वाचनका लागि काँग्रेसका उम्मेदवार जित शेरचनलाई जिताउन सिटौला बागलुङ पुगेका हुन । 

सिटौलाले आईतबार बडिगाड गाउँपालिका–२ का वडा अध्यक्षका उम्मेदवार डिलबहादुर रानालाई भेटेका छन् भने सोमबार जित शेरचनको चुनावी क्षेत्रमा सहभागी हुन बुर्तिबाङ पुगिसकेका छन । 

सिटौलासँगै काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, नेविसंघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी बागलुङ पुगेका छन् । 

सिटौलाले सोमबार निसीखोला गाउँपालिकाको राजकुटमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सिटौलाले आइतबार बडिगाड गाउँपालिकाको वडा अध्यक्षका उम्मेदवार र स्थानिय नेता तथा कार्यकर्तासँग छलफल गरेका छन् । 

छलफल कार्यक्रममा बोल्दै नेता सिटौलाले निशास जनतामा आशाको संचार गर्नका लागि काँग्रेस बलियो प्रतिपक्ष रहेको बताए ।  बागलुङको पश्चिम बडिगाड गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनको लक्षित रहेको भेटघाट कार्यक्रम तथा अन्तरक्रियामा बोल्दै नेता सिटौलाले मुलुकमा जनतालाई आशाको दियो बाल्ने भनेकै काँग्रेस भएको कारण काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गरेको बताए  । 

उनले देशको सीमाको सन्दर्भमा पहिलो पटक राष्ट्रिय एकता कायम भएकोले दृढतापूर्वक उभिन र समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।

सिटौलाले पश्चिम क्षेत्रमा उपनिर्वाचन भइरहँदा सरकार पक्षले केही निर्वाचन आचारसंहिता विपरितका क्रियाकलाप गरेको भन्ने सुन्न आएको हुँदा यस्ता खालका गतिविधि नगर्न सुझाव दिएका थिए । 

निर्वाचन प्रजातान्त्रिक प्रक्रिया हो पूर्व गृहमन्त्री समेत रहेका नेता सिटौलाले भने, आचारसंहिता भित्र रही सभ्य रुपमा प्रतिस्पर्धा गरौं । कुनै राजनीतिक दलहरु पनि उग्र रुपमा प्रस्तुत नहोऔं ।’ 

उनले विकास र निकासका निम्ति काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भन्दै सिँगो पार्टी एक ढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ