काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समावेश गरेको विरोधमा दिनहुँजसो विरोध प्रदर्शन गर्दै आइरहेको नेपाल विद्यार्थी संघले अतिक्रमित भूमि फिर्ता गर्नु पर्ने मागसहित मसाल जुलुस निकालेको छ ।
नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा नेपाली भूमि अतिक्रमण भएको विरोधमा बालाजुमा सोमबार साँझ भएको मसाल जुलुस सहतिको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । सो क्रममा २१ जना विद्यार्थी नेता पक्राउ परेका छन ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशिल भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको मसाल जुलुस सहितको विरोध प्रदर्शन माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
सो क्रममा प्रहरी नेता भट्ट सहित निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह, राजन बुर्लाकोटी, मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल, जगदिश थापा, ईश्वर थापा, ध्रुव अधिकारी, सन्तोष खलाल, भिम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्याय, अशोक क्षेत्रीलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त बालाजुमा थुनामा राखेको छ ।
नेविसंघले भारत र चीनले आफ्नो भूमि अतिक्रमण गरेको भन्दै विरोध स्वरुप दिनहुँ जस्तै विरोध प्रदर्शन गर्दै आइरहेको छ।