मन्त्रीहरुलाई दोष दिएर प्रधानमन्त्री आफ्नो असफलता ढाकछोपमा लागे : नेता लेखक
प्रकाशित २०७६ मंसिर ८ आइतबार
993
Shares
वैतडी। नेपाली कांग्रेसका नेता रमेश लेखकले लोकतान्त्रिक शक्ति एक भएर अधिनायकवादका बिरुद्ध लडनु पर्ने अवस्था आएको बताएका छन्। आन्तरिक र बाह्य रुपले कम्युनिस्टहरुले मुलुक बर्बाद बनाईसकेकोले लोकतन्त्र बलियो बनाउन लोकतान्त्रिक शक्तिलाई जिताउनुपर्ने लेखकले बताए।
सुर्नया गाउपालिका वार्ड नम्बर १ बैतडीमा आयोजित चुनावी सभामा बोल्दै लेखकले कम्युनिस्ट सरकारले संविधान भत्काउने कार्य गरिरहेको बताए। सरकार बिकासबिरोधी रहेको उल्लेख गर्दै लेखकले पानी जहाजका सपना बाडने सरकारले पूर्ववर्ती सरकारले शुरु गरेका कार्य समेत रोकेको बताए। आफू मन्त्री हुदा अर्बौ रुपैया बजेट बिनियोजन गरेको त्रिदेशीय नाकाको रुपमा रहेको महाकाली करिडोर,पाटन पन्चेस्वर लगायतका सडकको काम बजेट अभावमा रोकिएको उनले उदाहरण दिए।
प्रदेश सरकार र नेकपाका नेताहरु उपभोक्ता समिती मार्फत बजेट वितरण गरेर कमिसनका नाममा भ्रस्टाचारमा डुबिरहेको उनले बताए। बर्तमान सरकार मानव अधिकार, प्रेस स्वतन्त्रताप्रती अनुदार रहेको जनाउँदै मानव अधिकार लगायत स्वतन्त्र संबैधानिक निकायमा राजनीतिकरण गर्न खोजेको प्रष्टयाए।
प्रधानमन्त्री ओली मन्त्रीहरुलाई दोष दिएर आफ्नो असफलता ढाकछोपमा लागेको उनको आरोप छ। लेखकले मन्त्रीमण्डल हेरफेर गर्नुले सरकार असफल भएको प्रमाणित भएको बताए। निर्वाचनमा झुठो आस्वासन दिएर जनमत लिएको सरकारले जनआकांक्षा पूरा गर्न नसकेकोले सरकारप्रती जनता निराश बढेको बताए। सुखी नेपाली,समृद्द नेपालको नारा दिए पनि जनतालाई महङ्गी र करको मारमा पारेको समेत उनले आरोप लगाए।
कार्यक्रममा पूर्व राज्यमन्त्री नर बहादुर चन्द, जिल्लाका कांग्रेस नेताहरू शिबराज भट्ट, चतुर बहादुर चन्द, गजेन्द्र बहादुर चन्द लगायतका नेताहरुले सम्बोधन गरेका थिए।