arrow

कलश यात्रासहित सुरुभयो गौरादह आध्यात्मिक महोत्सव

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
ghada.jpg

झापा । गौरादहमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव २०७६ सुरु भएको छ ।आइतबार गौरादहमा बिशाल कलश यात्रा गरि महोत्सवको सुरु गरिएको हो । कार्यक्रमको प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले उद्घाटन गरेका छन् ।

श्रीमद् भागवत महापुराणका कथावाचन भुवन गुरुले महाभारतमा कुनै पनि राष्ट्रलाई समृद्धि गर्न राजनीतिमा ३ व्यख्या गरिएको सुनाए।  संसकार, संकृति र सभ्यातालाई  व्यख्या गरिएको बताए । उनले भने,' देशको यो त्रिशुल हो यीनै तीन त्रीशुललाई लिएर भगवान शिवले असुरहरुबाट बचाउनुभएको थियो । अध्यात्मसँग नेपाल जोडिएको छ । यसैलाई प्रचार प्रसार गर्ने हेतुले यो कार्यक्रमको नाम पनि अध्यात्मिक महोत्सव राखेका छौ ।' 

नेपाल विविधतामा धनी रहेको कार्यक्रमका बिशिष्ठ अतिथि तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कुमार कार्कीले बताए। उनले यसको प्रचारप्रसार गर्ने प्रवर्दन गरि राष्ट्रिय आयमा बृद्धि गरि गरिबी निवारण गर्न, सुखी नेपाली समृद्ध नेपाल बनाउन जोड दिए ।   

महोत्सवका प्रमुख अतिथि तथा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले यस प्रकारको महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउने बताए । सहिद भुमि समेत रहेको यस क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने उनको जोड थियो । 

महत्सवको सफलताको कामना गर्दै नेपल मानव धर्म सेवा समिति गौशालाकी बरिष्ठ महात्मा लता बाइजीले  गौरादह क्षेत्रमा समितिले अध्यात्मिक ज्ञानको प्रचार प्रसार गर्दै आएको स्मरण गराइन् । उनले धर्मको उत्थान नभएसम्म सस्कृतिको जगर्ना गर्न नसकिने बताइन् ।उनले भनिन्,'हामीले कुरुक्षेत्रमा सुन्ने गर्छौ भगवानले अर्जुनलाई अध्यातिमक ज्ञान गराउनुभएको थियो । श्रीकृष्ण भगवान त्यो समयको तत्वव्यता सदगुरु हुनुहुन्थ्यो । त्यस्तै हरेक युगमा मानिसले समयका तत्वदर्शी सदगुरुको शरणमा जानुपर्छ यो दिव्यवचन महाभारतमा कृष्णले अर्जुनलाई दिनुभएको छ । त्यहि ज्ञान आज सतपालजी महाराजले बाडि रहनुभएको छ । आज धर्मको उत्थान गर्न सहयोगको आवश्यकता छ ।' 

नेपल मानव धर्म सेवा समितिले गौरादह आश्रमको निर्माणका लागि एकलाख एक रुपैयाँ सहयोग गरेको छ । नेपल मानव धर्म सेवा समिति गौरादहको संयोजकत्वमा आयोजीत कार्यक्रम झापाको गौरादहमा मंसिर १६ गतेसम्म संचालन हुनेछ ।

कार्यक्रममा सात दिन श्रीमद् भागवत महापुराण हुनेछ भने गौरादह भक्तजनले ताप्लेजुङको पाथिभरा देवीको दर्शन यहि गर्न सक्नेछन्। त्यसैगरी सानो 'लुम्बिनी जोन' बनाइएको छ ।मुक्तिनाथको प्रतिक स्वरुप १०८ धारा पनि व्यवस्था गरिएको छ ।

साथै पशुपतिमा गरिदै आएको महाआरती प्रत्येक दिन ५ बजेदेखि ६:३० मा राखिएको छ । विभिन्न जातजातिका विभिन्न सांस्कृतिक मौलिक कला प्रस्तुती ६:३० देखि ७:३० को समयमा प्रस्तुति गरिदैछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ