arrow

चिनियाँ क्रुरता ? हजारौं मुसलमान बन्दी बनाएको बेलायतको आरोप, पर्यवेक्षक जान पाउनु पर्ने माग 

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
china-muslim-education.jpg

काठमाडौं । बेलायतले चीनमा हजारौं उइगर मुसलमानलाई कडा सुरक्षा बन्दी बनाएर राखिएको भन्दै संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरु निर्वाध रुपमा जान पाउनु पर्ने माग गरेको छ । 

चीनको सिनजियाङ प्रान्तमा संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरु निर्वाध रुपमा जान पाउनुपर्ने बेलायतको माग हो ।

बन्दीहरुमाथि दुव्र्यवहार हुनुका साथै मानवअधिकारको समेत उल्लंघन गरिएको पाइएपछि बेलायतले आफूलाई कडा भएर प्रस्तुत गरेको छ । चीनले ती मुसलमानहरुलाई कडा सजाय दिएको प्रतिवेदन फेला पारेको बीबीसीले दावी गरेको छ ।

चीनले भने स्वेच्छिक शिक्षा र प्रशिक्षण प्रदान गरेको दावी गरेको छ । बेलायतका लागि चिनियाँ राजदुत लियु सियामिङले मुसलमानहरुमाथि दुव्र्यवहार भएको भनिएको समाचारमा सत्यता नभएको दावी गरेका छन् । 

१७ मिडिया संस्थाले उक्त समाचार बाहिर ल्याएका थिए । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्टस् (आइसीआइजे) ले बीबीसी पानोरामा र द गार्जियनसंग मिलेर उक्त समाचार बाहिर ल्याएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ