पोखराका नेकपा र राप्रपाका तीन दर्जन नेता कार्यकर्ता कांग्रेस प्रवेश
खेमराजलाई साक्षी राखेर अर्जुननरसिंह केसीले भित्र्याए
प्रकाशित २०७६ मंसिर १० मंगलबार
809
Shares
पोखरा। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको संरक्षण गर्ने दायित्व फेरि कांग्रेसकै काँधमा आएको बताएका छन् ।
उपनिर्वाचनको चुनावी सभामा सहभागी हुन कास्की आइपुगेका नेता केसीले पोखरा २० भलाममा मंगलवार आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै वर्तमान सरकारको लोकतान्त्रिक व्यवस्था माथिको निरन्तरको प्रहारका कारण कांग्रेस फेरि ब्यवस्था जोगाउन अघि बढेको बताए ।
१४ मंसिरमा हुने उपनिर्वाचनलाइ लोकतन्त्र पक्षधर र निरंकुशता पक्षधरहरुको मिनि जनमत संग्रहका रुपमा समेत लिइएको नेता केसीले बताए । ' यो उप निर्वाचनमा निरंकुशता पक्षधरलाइ रोज्ने कि लोकतन्त्र पक्षधरलाइ रोज्ने भन्ने सवालमा महत्वपूर्ण छ, यसलाइ लघु जनमत संग्रहका रुपमा लिनु पर्दछ, ' केसीले भने ।
वर्तमान सरकारका कारण लोकतान्त्रिक ब्यवस्था र पद्धति नै धरापमा पर्ने अवस्था आएको भन्दै व्यवस्था जोगाउन र पद्धति टिकाउन पनि कांग्रेसको दायित्व बढेको केसीले जनाए ।
सरकार निर्मला पन्तको बलात्कार तथा हत्यादेखि, ३३ किलो सुन, वाइडबडी प्रकरण लगायतका भ्रस्टाचार सहितका काण्डै काण्डमा फसेको भन्दै केसीले त्यसका विरुद्ध उपनिर्वाचनका क्रममा देशभर कांग्रेसको पक्षमा जनलहर देखिएको र त्यो जनलहरले नै लोकतन्त्रको पक्षमा निर्णय गर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा कास्की २बाट उमेद्वार भएका कांग्रेस उमेद्वार खेमराज पौडेललाई साक्षी राखेर केसीले सत्तारुढ नेकपा, राप्रपा लगायतका पार्टी छाडेर आएका भलामका तीन दर्जन नेता कार्यकर्तालाई कांग्रेस प्रवेश गराए।