arrow

खेमराज पौडेल राजनीतिमा सदाचारिताका अनुयायी – नविन्द्रराज जोशी 

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
nabindra2.jpg

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले कास्की २ को निर्वाचनमा खेमराज पौडेलको  जित नै इमानदारिताको जित भएको बताएका छन् ।  

कास्की क्षेत्र नं २ को जुम्लेडी अर्मलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले नेपालले कास्कीलाई नियालिरहेको बताए । उनले लोकतान्त्रिक व्यवस्थाको जित र हार कास्कीको जनताको हातमा रहेको बताए । 

कार्यक्रममा बोल्दै जोशीले भ्रष्टाचार, सुनकाण्ड, बाईडबडी काण्डमा रुमलिरहेको सरकारलाई कडा झापड हानेर जगाउन समेत रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

जोशीले जीवनभर निष्ठा त्याग समर्पणको राजनीति गरेका खेमराज पौडेलमात्र उम्मेद्वार हैन राजनीतिमा सदाचारिताका अनुयायी र कास्कीका काङ्ग्रेसका प्रत्येक कार्यकर्ता उम्मेद्वार रहेको बताए ।

कार्यक्रममा प्रदेशसभा सांसद् विन्दुकुमार थापाले आफु सदैव अर्मले क्षेत्रको विकासका लागि लागिरहेको र सबै मिलेर खेमराज गुरुलाई जिताउनुको विकल्प नरहेको बताए ।

कार्यक्रममा नेविसंघका निवर्तमान उपाध्यक्ष नवीन राई, काङ्ग्रेस नेता श्याम खड्का, राजु खरेल लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ