arrow

कस्तो छ प्रधानमन्त्री ओलीलाई

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
kp-sharma-oli4.jpg

काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

स्वास्थ्यमा सुधार आएसँगै मुटुको चाल पनि सामान्य बन्दै गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

उनले विभिन्न ब्याकअपहरु हटाउने क्रम चलिरहेको बताए । थापाले भने, ‘स्पिडमा रिकोभरी नभए पनि सामान्य सुधार हुँदै गएको छ ।’

उनलाई अझै केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने बताइएको छ । मंगलबार बिहान अचानक चरम रुपले पेट दुखेपछि शिक्षण अस्पताल महाराजगञ्ज ल्याई दिउँसो एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण कात्तिक र मंसिर महिनामा मात्रै चार पटक डायलाइसिस भइसकेको छ । 

भदौमा मात्रै पनि मिर्गौलाको उपचारका लागि ओली सिंगापुर गएका थिए । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने सुझावसमेत दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ