गफ लडाएर भोट बटुल्ने ओली भातरसँग लुथरुक्क भएर झुकेका छन् : देउवा
प्रकाशित २०७६ मंसिर ११ बुधबार
480
Shares
धरान । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी ओली भारतसँग झुकेको आरोप लगाएका छन । सभापति देउवाले कम्युनिष्टले पटकपटक नालापानी, लिपुलेक, लिम्पियाधुराको बिषय उठाएर जनताको भोट बटुल्ने गरेको बताए ।
देशमा कम्युनिष्ट सरकार रहदा नै ती भुभाग भारतले आफ्नो नक्सामा समावेश गर्दा समेत केपी ओली चुइक्क नबोलेको भन्दै सभापति देउवाले सर्वदलिय बैठकमा आफुले प्रधानमन्त्रीलाई अगाडि बढ्न सुझाव दिएको तर प्रधानमन्त्री ओलीले एक शब्द बोल्न नसकेको बताए ।
उनले भने,' मैले प्रधानमन्त्री ज्युलाई भने तपाईं अगाडी बढनुस हामी तपाईको साथमा छौ भन्दा पनि उहाँ हाम्रो देशको सिमान फिर्ता ल्याउने बिषयमा केही बोल्नु हुदैन उहाँ भातरसँग लुथरुक्क भएर झुक्नु भएको छ ।'
धरानमा आयोजित चुनावी सभामा बोल्दै उनले वर्तमान सरकारको रवैयाले नेपाली जनता बाक्क दिक्क भएको दाबि गरे । उनले भने,'गफ लडाएर ल्याएको बहुमत बिस्तारै ओरालो झर्दैछ , सरकारले जनतालाई कर, भ्रष्टाचार र असुरक्षा उपहार दिएको छ ।'