arrow

गणतन्त्रको नाउँमा नेपाललाई भारतले नियन्त्रण गर्न खोजेको नेमकिपाको आरोप

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
307193998.jpeg
भक्तपुर। नेपाल मजदुर किसान पार्टीले गणतन्त्रको नाउँमा नेपाललाई भारतले आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाएको छ ।
 
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा पार्टी केन्द्रीय समितिको चार दिन लामो बैठक सम्पन्न भएलगत्तै आज जारी प्रेस विज्ञप्तिमा नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्दै नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय कानुन, सन्धि–सम्झौता विपरीत भएको ठहर गरेको छ ।
 
नयाँ संविधानमा गणतन्त्र, धर्म निरपेक्षता, समाजवाद उन्मुख जस्ता विषय उल्लेख भएको हुँदा संविधानका धेरै धारामा असहमति हुँदाहुँदै पार्टीले संविधानको पक्षमा मतदान गरेको विषयमा पार्टीका सदस्यलाई स्पष्ट पार्न जिल्ला–जिल्लामा नेपालको संविधानबारे प्रवचन, अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ