जेष्ठ नागरिकले सोधे, ' प्रचण्ड तिमि कहिल्यै बृद्ध हुदैनौ?'
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
1k
Shares
कास्की। बृद्धबृद्धालाई अपमानजनक ढंगले होच्याउने अभिव्यक्ति दिएर विवादमा आएका नेकपाका अध्यक्ष प्रचण्ड बिरुद्ध कास्कीका जेष्ठ नागरिकहरु सडकमा उत्रिएका छन्।
जेष्ठ नागरिकका प्रतिनिधी पात्र रहेका कास्की २ का कांग्रेस उमेद्वार खेमराज पौडेललाई देवघाट जाने उमेरमा सासंदको उमेद्वार बनाएको अभिव्यक्ति दिएका प्रचण्ड बिरुद्ध उनीहरुले प्लेकार्ड सहित पोखराको चिप्लेढुङगामा प्रदर्शन गरेका हुन्।
बुधबार दिउँसो नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस उमेदवार पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर कटु टिप्पणी गरेपछि उनी जेष्ठ नागरिकमाझ आलोचित भएका छन्।
चुनावको अन्तिम चुनावी सभामा पोखरामा कांग्रेस उमेद्वार खेमराज पौडेलका बिरुद्ध बोल्ने क्रममा प्रचण्डले बृद्धबृदा उमेर समुहका व्यक्तिहरुप्रति लक्षित हुने गरि उनले देवघाट जाने समयको मानिसलाई उमेद्वार बनाएको भनेर खिल्लीमा उडाएका थिए। खेमराजलाई उनले खिल्लीमा उडाउँदा उनीसँगै सभामा रहेका नेकपाका कार्यकर्ताहरुले पनि हाँसेर खिल्लीमा उडाएका थिए।
बृद्धबृद्धालाई मतका रुपमा मात्र प्रयोग गर्ने तर उनीहरुप्रति यस्ता खिल्ली उडाउने शब्द प्रयोग गरिएपछि रिसाएका जेष्ठ नागरिकहरु बिहिवार चिम्लेढुङगामा स्वतस्पूर्त जम्मा भएर प्रचण्ड अभिव्यक्तिको विरोध गरेका थिए। करिव डेढ सयको हाराहारीमा रहेका जेष्ठ नागरिकरुहरुले प्रचण्डलाई सोधेका थिए, 'तिमि कहिल्यै बृद्ध हुदैनौ?'
विभिन्न बृद्धाश्रम र केहि विभिन्न घरबाट आएका जेष्ठ नागरिकहरुले प्रचण्डको अभिव्यक्तिले बृद्धबृद्धाहरुको मन दखाएको भन्दै आलोचना गरेका थिए। उनीहरूले बृद्धबृद्धा विरोधी प्रचण्ड मुर्दावाद लगायतका प्लेकार्ड प्रदर्शन गर्दै उनीहरूले करिव आधा घण्टा मौन प्रदर्शन गरेका थिए।
के भनेका थिए प्रचण्डले ?
विरामी अवस्थामा रहेका प्रधानमन्त्रीलाई आराम दिन नेकपालाई सुझाव दिदै आएका कांग्रेस नेता गगन थापालाई इंगित गर्दै प्रचण्डले मंगलवार पोखराको चुनावी सभामा भनेका थिए, “हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षका बुढा, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई, ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ ?'
७० पनि नपुगेका प्रधानमन्त्री मृगौला फेरि दोस्रो पटक मृगौलाको उपचारमा छन्। यो समाचार तयार पार्दा सम्म अनेक संक्रमणबाट जुध्दै अस्पतालमा संघर्षरत छन्। प्रधानमन्त्री ओलीभन्दा जेठा खेमराज अहिले पनि दैनिक हिड्दै घरघरमा मत माग्न पुगिरहेका छन्।
खेमराजले बुधवार नै प्रचण्डलाई सामाजिक सञ्जाल ट्वीटरबाटै बुधवार जवाफ फर्काएका थिए। उनले पहिला संसदमा भेट हुने त्यसपछि सँगै देवघाट पनि जाने भन्दै प्रचण्डले जेष्ठ नागरिकप्रति दिएकव अभिव्यक्तिको कडा जवाफ दिएका थिए।
प्रचण्डलाई बुधवारै आएको थियो कांग्रेसको जवाफ
उनै पौडेललाई देवघाट जाने उमेर भनेर जेष्ठ नागरिकप्रति अनुदार टिप्पणी गर्ने प्रचण्डको विवादित अभिव्यक्ति पछि उनलाई पाठ पढाउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा मैदानमा उत्रिएका छन्। उनले प्रचण्डलाई ट्विटरमार्फत जवाफ फर्काउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको उचाई र उमेरले चुनावी सभामा उमेदवार पौडेलमाथि गरेको टिप्पणी शोभनीय नभएको बताएका छन् । “कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो रु,” प्रवक्ता शर्माले प्रश्न गरेका छन् ।
उनले अमेरिकामा ७० नाघेका डोनाल्ड ट्रम्प राष्ट्रपति र ७० कै हाराहारीका केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बन्दा सोही उमेरका पौडेल सांसद बन्न किन नमिल्ने भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् । प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन्, “७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?”