नेकपाका कार्यकर्ता नारायण कुमाल र सुवास श्रेष्ठलाई ईलाका प्रहरी कार्यलय सुन्दरबजारले नियन्त्रणमा लिएको हो ।
मौन अबधिमा स्थानियको घर घरमा गई पैसा बाड्न खोजेको र नेकपामा भोट नदिए भौतिक आक्रमण गर्ने धम्कि दिएको गुनासो प्रहरीकहाँ पुगेपछि प्रहरीले गस्ति गरिरहेको थियो।
गस्तीकै क्रममा उनीहरू नियन्त्रणमा परेको प्रहरीले जनाएको छ।
प्रहरीले निष्पक्ष चुनावको लागि शान्ति सुरक्षा प्रदान गर्ने दावी गरेको छ।