arrow

पूर्वराजा शाह पश्चिम यात्रामा, यस्तो छ तालिका

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पश्चिम यात्रामा जाँदैछन् ।  आइतबार गएर पूर्वराजा अर्को आइतबार मात्रै काठमाडौं फर्कने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । 

पूर्वराजा आइतबार दिउँसो ३ः४० को फ्लाइटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जाँदैछन् । पूर्वराजा शाह आइतबार भैरहवाकै टाइगर रिसोर्ट प्यालेसमा रहने छन् । 

पूर्वराजाले सोमबारदेखि मन्दिर दर्शन, स्थानीय नेताहरुलाई भेट लगायतका कार्यक्रममा सहभागी हुनेछन् । पूर्वराजासंग पूर्वराजपरिवारका कोही पनि सहभागी हुने छैनन् । 

यस्तो छ दर्शनको कार्यक्रम
–सोमबार १६ गते बुटबलको शिव मन्दिर दर्शनको कार्यक्रम दिउँसो ३ बजे ।
–मंगलबार १७ गते मर्चवारस्थित भगवती मन्दिर दर्शन कार्यक्रम अपरान्ह ४ बजे । 
–बुधबार कुनै कार्यक्रम छैन । 
–बिहीबार १९ गते पाल्पाको भगवती मन्दिरमा जाने कार्यक्रम । 
–शुक्रबार २० गते कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम । 
–शनिबार २१ गते नवलपरासी जाने कार्यक्रम ११ बजे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ