arrow

बिहिबार सार्वजनिक विदा

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
bida1.jpg

काठमाडौँ। सरकारले बिहिबार सार्वजनिक विदा दिने भएको छ । उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो ।

२०७६ सालको लागि थप गरिएको विदाहरुको प्रस्तावित विवरणमा उधौली पर्वलाई राखिएको छ । सो विदाका लागि तत्कालीन संस्कृति पर्यटन तथा नगरिक मन्त्री स्वर्गीय रविन्द्र प्रसाद अधिकारी, शहरी विकास मन्त्री मोहम्मद इश्तियक राई र  गृहमन्त्री रामबहादुर थापा 'बादल' को हस्ताक्षर रहेको छ ।  

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै बिहिबार नै नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् । यी तीन पर्व बिहिबार एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

साथै नेपाल राजपत्रको खण्ड ६८ संख्या ५८ भाग ५ को 'च' मा भने किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) मंसिर २६ गते विहिबारलाई सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र र स्थानका लागि मात्र सार्वजनीक विदा हुने उल्लेख गरिएको छ ।

गृहमन्त्री बादलले आफ्नै हस्ताक्षरको मान राख्न सकेनन्, बिहीबार भएन सार्वजनिक बिदा  

 उधौली पर्व र ज्यापु दिवस, बिहीबार सार्वजनिक बिदा छैन  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ