arrow

गृहमन्त्री बादलले आफ्नै हस्ताक्षरको मान राख्न सकेनन्, बिहीबार भएन सार्वजनिक बिदा  

शैक्षिक संस्थामा बिदा

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
bida1.jpg

काठमाडौँ। सरकारले बिहीबार सार्वजनिक बिदा दिएन । बिहीबार उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकाले सरकारले बिदा दिनु पर्दथ्यो । यसअघि सार्वजनिक बिदा दिइएको थियो । 

२०७६ सालको लागि थप गरिएको विदाहरुको प्रस्तावित विवरणमा उधौली पर्वलाई राखिएको थियो । सो विदाका लागि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्रप्रसाद अधिकारी, शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को हस्ताक्षर रहेको थियो । 

अधिकारीको निधन भए पनि दुई जना अझै पनि सरकारमा छन् । हिन्दू धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै बिहीबार नै नेवार समुदायले पनि योमरी पूर्णिमा मनाइरहेका छन् । यी तीन पर्व बिहीबार एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने अनुमान धेरैको थियो । 

हाम्राकुरा लगायत केही अनलाइनहरुले बिहीबार सार्वजनिक बिदा भएको समाचार बनाए । किनकि गृहमन्त्री स्वयंले हस्ताक्षर गरेर सार्वजनिक बिदा प्रस्ताबित गरेका थिए । गृहमन्त्री बादलले आफ्नो मान आफै राख्न सकेनन् । जसका कारण अलमल हुन गयो । 

नेपाल राजपत्रको खण्ड ६८ संख्या ५८ भाग ५ को ‘च’ मा भने किराँत जातिको उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस) मंसिर पूर्णिमा, धान्य पूर्णिमा) मंसिर २६ गते बिहबिारलाई सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र र स्थानका लागि मात्र सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ ।

गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले हाम्राकुरालाई भने, ‘आज बिदा छैन, गृहमन्त्रालयले बिदा दिने जानकारी गराएको छैन ।’

उनले गृहमन्त्रीको उक्त हस्ताक्षरबारे आफूलाई केही थाहा नभएको बताए । उनले यतिमात्र भने, ‘मलाई थाहा भएन त्यो कहाँ थियो । त्यो बिषयमा मलाई जानकारी भएन । पहिले के थियो भन्नुभन्दा पनि आज सार्वजनिक बिदा घोषणा गरिएको छैन भनेर बुझ्नु पर्यो ।’

शैक्षिक संस्थामा बिदा

सरकारले सार्वजनिक बिदा नदिए पनि केही शैक्षिक संस्थाहरुमा बिदा दिइएको छ । सरकारले सार्वजनिक बिदा दिएको ठानेरै ती विद्यालयहरुले बिदा दिएका हुन् ।

उनीहरुले अभिभावकहरुलाई सूचना पठाउँदै बिदा भएको लेखेका छन् । उनीहरुको सूचनामा ‘उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हिको दिन बिहीबार सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले विद्यालय खुल्ने छैन’ भनेर लेखिएको छ । 

बिहीबार सार्वजनिक विदा

उधौली पर्व र ज्यापु दिवस, बिहीबार सार्वजनिक बिदा छैन  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ