arrow

प्रहरी अस्पतालमा प्रमुख रिक्त हुँदै, तीन डीआइजीको दौड

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
medical-dig-nepal-police.jpg

काठमाडौं। नेपाल प्रहरी अस्पतालको मेडिकल डाइरेक्टरको पद रिक्त हुँदैछ। अस्पतालको मेडिकल डाइरेक्टर एआइजी हुन्छन्। हाल एआइजी डा. दुर्गा थापा पुन अस्पतालको मेडिकल डाइरेक्टर छिन्। उनी पुस ४ गते अवकाश हुँदैछिन्। डा.पुनको अवकाशसँगै प्रहरी अस्पतालको मेडिकल डाइरेक्टरका आकांक्षीहरुको दौड सुरु भएको छ। प्रहरी अस्पतालको प्रमुखको होला भन्ने चर्चा अहिले अस्पताल परिसरमा चल्न थालेको छ। अस्पतालको मेडिकल डाइरेक्टरको दौडमा ३ जना प्रतिस्पर्धी रहेका छन्। ती मध्ये को बन्ला भन्ने चर्चा चल्न थालेको हो।

वरिष्ठताका आधारमा पहिलो नम्बर डा. मीनराज पाठक रहेका छन् भने दोस्रोमा आशा सिंह र तेस्रोमा सुमनराज श्रेष्ठ छन्। यी तीनै जना डीआइजी हुन्। यी तीनबीच प्रहरी अस्पतालको मेडिकल डाइरेक्टर बन्नका लागि अहिलेदेखि नै प्रतिस्पर्धा र लबिङ सुरु भइसकेको छ। पाठक सुदूरपश्चिमका हुन् भने सिंह तराईकी र श्रेष्ठ काठमाडौँबासी। यी तीनमध्ये कसले बाजी मार्छ भन्ने पुस ४ पछि मात्र देखिनेछ।

प्रहरी अस्पतालको मेडिकल डाइरेक्टर आइजीपीको दाबेदार हुन सक्दैन। तर ३ बर्षअघि तत्कालीन डीआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको आइजीपी बन्ने लडाईमा अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेशचन्द्र पोखरेल ३ महिना निमित्त आइजीपी भएका थिए। नेपाल प्रहरीकै इतिहासमा यसलाई अपवादका रुपमा लिन सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ