arrow

सवारी दुर्घटनामा पाँच सय २१ जनाको मृत्यु

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ मंसिर ३० सोमबार
atariya-traffic.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन  वर्षको अवधीमा पाँच सय २१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । पाँच सय ८२ सवारी दुर्घटनामा एक हजार एक सय १९ जना घाईते भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाइएको छ । चालु आर्थिक वर्षको चार महिनामा सुदूरपश्चिम प्रदेशमा ४० सवारी दुर्घटनामा भएका छन् भने, ३१ जनाको मृत्यु भएको छ ।

चार महिनामा  ९९ जना घाईते भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता समेत रहेका प्रहरी निरिक्षक मोहन बहादुर साउदले बताए । ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि थुप्रै प्रयास गरेको दाबी गरेपनि दुर्घटना न्यूनिकरण भने हुन सकेको छैन । दुर्घटना कम हुने भन्दा बरु बढिरहेको छ ।

आर्थिक वर्ष २०७३-०७४ मा एक सय ८४ सवारी दुर्घटनामा परी एक सय ३२ जनाको मृत्यु भएको र सोही अवधीमा तीन सय ४७ जना घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।यस्तै आर्थिक वर्ष २०७४-०७५ मा एक सय ६४ दुर्घटनामा एक सय ५८ जनाको मृत्यु भएको थियो भने ३ सय ३८ जना घाईते भएका छन् ।आर्थिक वर्ष २०७५-०७६ मा भएका दुई सय ३४ सावरी दुर्घटनामा दुई सय २३ जनाको मृत्यु भएको र चार सय ३४ जना घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।सबै भन्दा बढि गत आर्थिक बर्षमा दुई सय २३ जनाले ज्यान गुमाएका छन् ।

ट्राफिक नियम पलना नगर्दा पनि दुर्घटना बढिरहेको प्रहरी निरिक्षक साउद बताए । दुर्घटनामा सबैभन्दा बढि मोटरसाईकल रहेका छन् ।दुर्घटनामा पर्ने मोटरसाईकलको संख्या तीनसय दुई बस ९५, ट्रक ६६, जीप-कार एक सय आठ र ट्रयाक्टर एक सय २५ रहेका छन् ।चलकको लापरबाह, तिब्र गति, यात्रिक गडबडि, सडकको दुरअवस्था लगाएतका कारण सवारी दुर्घटना बढिरहेका छन् । सर्वसाधण यात्रहरु भने सबै भन्दा बढि चालकको लापरबाहीले दुर्घटना हुने गरेको बताउँछन् । क्षमता भन्दा बढि यात्रु बोक्दा पनि दुर्घटना हुने गरेको घोडाघोडी नगरपालिका वडा नम्बर १ का विर बहादुर खाती बताए ।

सवारी चलाउँदा मध्यपान सेवनका कारण पनि दुर्घटना हुने गरेको छ । मदिरा सेवनका कारण सबै भन्दा बढि मोटरसाइकल दुर्घटना हुने ट्राफिक प्रहरीको भनाइ छ । सर्वसाधरणहरु पनि मदिरा सेवनका कारण दुर्घटना बढेको भन्दै टाफिक प्रहरीले चेकजाचमा कडाइ गर्नुपर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का  स्थानीय खेमराज जोशीले बताए । ट्राफिक प्रहरीले चालकको लापरबाहीले बढि दुर्घटना हुने गरेको बताएपनि चालकहरु भने त्यो स्विकार गर्न तयार छैनन् ।

चालकहरु साघुरो सडकका कारण बढि दुर्घटना हुने गरेको बताउछन् । साघुरो सडक त्यसैमा भिड बढि हुँदा दुर्घटना हुने गरेको बस चालक सुकन रानाले बताए । पछिल्लो तीन बर्षमा ५ सय भन्दा बढि ब्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउ र हजार भन्दा बढि ब्यक्ति घाइते हुनु बिडम्बनाको बिषय हो । अत्यासलाग्दो सवारी दुर्घटना न्यूनिकरण गर्न सबै निकाय र स्वय तपाई हामी पनि सचेत बन्नु पर्ने समय आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ