arrow

युवाहरुका लागि प्रेरणा थिए माधव अधिकारी

काठमाडौं कांग्रेसका लागि अपुरणीय क्षती

logo
सरोज कुमार बस्नेत,
प्रकाशित २०७६ पुष २ बुधबार
saroj-basnet.gif

नेपाली कांग्रेस काठमाडौंको लागि मंसिर महिना दुखद रह्यो। राजनीतिमा अपार सम्भावना भएका एक कुशल संगठक माधव अधिकारीलाई काठमाडौं कांग्रेसले मंसिर महिनामै गुमाउनु पर्‍यो। काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति अधिकारीको युवाअवस्थामै भएको निधनले यस क्षेत्रका कांग्रेसजन मात्र होइन आम सर्वसाधारण पनि मर्माहत भएका छन्। ३५ वर्षको अल्पायुमै हृदयघातबाट निधन भएका अधिकारी यस क्षेत्रका कांग्रेसजनमा सर्वाधिक लोकप्रिय थिए। 

अधिकारीको लोकप्रियता क्षेत्रीय उपसभापति तथा प्रदेश ख मा उनको उपस्थिति र उनले गरेका कामका कारण पनि देखिएको थियो। नेपाली कांग्रेसलाई यस क्षेत्रमा स्थापित गराइराख्न क्षेत्रीय सभापतिको हैसियतमा अधिकारीले खेलेको भुमिकालाई अहिले पनि सबै कांग्रेस नेता कार्यकर्ताले मुक्तकंठले प्रशंसा गर्छन। स्थानिय राजनीतिमा आफ्नो प्रभाव समेत बढाउँदै लगेका अधिकारीले पार्टी र आम नागरिकका लागि गरिरहेको कामको प्रशंसा जति हुँदै थियो उनलाई राजनीतिक जिम्मेवारी बढोस भन्ने कामना पनि नागरिक तथा कार्यकर्ता तहबाट भइरहेको थियो। 

तर विडम्वना उनको यो क्रियाशिल जीवन सायद दैवलाई मञ्जुर भएन। उनलाई कांग्रेसका लागि काम गर्ने अवसर दैवले सधैका लागि खोसेर लग्यो। यसको अभाव काठमाडौं कांग्रेसलाई भने लामोसमयसम्म रहनेछ। खासगरि हामी क्षेत्र नम्वर ६को प्रदेश ख का नेता कार्यकर्ताहरुका लागि त अझ उनको अभाव धेरै खट्कनेछ। नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका उनको उपस्थिति कांग्रेसजनका लागि सदैव खट्किनेछ। 

वास्तवमा पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ। यो यस क्षेत्रको लागि अपूरणीय क्षति हो। उनको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय समितिले गहिरो दुःख व्यक्त गरेको छ भने उनको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेसले समवेदना प्रकट गरेको छ। आइतवार निधन भएका अधिकारीको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। 

राजनीतिक रुपमा प्रदेश ख को सभापति भएपनि सम्वन्धमा भाइको रुपमा रहेका अधिकारीको निधनले व्यक्तिगत रुपमा अत्यन्त मर्माहत भएको छु। प्रिय भाइको नश्वर शरीर, उनको क्रियाकलाप अनि गतिविधी आज हामी बीचमा नभएपनि उनको क्रियाशिलतालाई स्मरण गर्दै पार्टीमा क्रियाशिल रहि देश अनि समाजका लागि योगदान कसरी गर्न सकिन्छ भन्ने कुरा उनले छोडेर गएका छन्। प्रिय भाइको यहि कुराले हामीलाई राजनीतिक माध्यमबाट समाजसेवा गर्न सकिने कुरा सम्झाइरहनेछ। अझ युवा अवस्थामा रहेका हामी सबै साथीहरुले स्वर्गीय अधिकारीलाई स्मरण गर्दै पार्टी तथा संगठनमा क्रियाशिल हुन सक्यौ भने यो उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। प्रिय भाइप्रति हार्दिक शब्द श्रद्धा। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ