arrow

नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्था गर्न माग गर्दै मन्त्रालय पुगे सचेतक खाण

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
khad1.jpg

काठमाडौं । नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्था गर्ने बिषयमा नेपाली कांग्रेस संसदीय दलका सचेतकसहितको टोलीले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई भेटी ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको छ ।

आइतबार  कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण लगायत नेपाल तरुण दलका पूर्व सचिव एवं नेपाली कांग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाल मकाउ चेम्बर आफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर, मनोज गुरुङ,  रामकृष्ण श्रेष्ठ सहितको टोलीले परराष्ट्र मन्त्री  ज्ञवालीलाई भेटी ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको हो ।


‘वर्क प्रमिट’ प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहँदै आएका छन् । काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान नभएकोले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाहरुले कठिनाई भोग्नु परेको छ ।

काठमाडौं–हङकङ–मकाउ-मकाउ–हङकङ–काठमाडौं सबै भन्दा पायक र सहज रुटमा रहेको छ । तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा ब्यबस्था नभएकोले हङकङको ट्रान्जिट भिषा व्यबस्थाका लागि प्रमुख सचेतक बालकृष्ण खाणले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाका हुन्।

भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिषा नहुँदा नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस बिषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ