प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई दिए मायाको चिनो
प्रकाशित २०७६ पुष ८ मंगलबार
521
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीलाई मायाको चिनो दिएका छन् । मंगलबार बिदाइका लागि बालुवाटार पुगेका भारतीय राजदूत पुरीलाई प्रधानमन्त्री ओलीले मायाको चिनो कूरुवा दिए ।
नेपालमा कार्यकाल सकिएसँगै मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट्न भारतीय राजदूत पुरी पुगेका हुन् ।
बिदाई भेटघाट गरेका पुरी श्रीमतीसँगै बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले दिएको मायाको चिनो लिदै भारतीय राजदूत पुरीले नेपालको बसाइ ऐतिहासिक भएको बताए।
पुरीको कार्याकालमा थुप्रै कामहरु भएका छन्। रक्सौल अमलेखगञ्ज पाइपलाइन, ढल्केवर प्रसारण लाइन सञ्चालनमा आएका छन् भने हुलाकी राजमार्गले गति लिएको छ।