arrow

राजा वीरेन्द्रको जन्मजयन्ती 

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
king-birendra.jpeg

काठमाडौं । जनताको कदर गर्ने राजा वीरेन्द्र शाहको जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । 

उनको यो कदमलाई जनताले जनप्रिय राजाका रुपमा चिनेका थिए । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा मृत्यु भएको थियो ।

राजा वीरेन्द्रसंगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत १२ जनाको हत्या भएको थियो । 

उक्त घटना अझै रहस्यमै रहेको छ । यो हत्याकाण्डमा युवराज दिपेन्द्रको हात रहेको बताइए पनि अझै जनता मान्न तयार छैनन् । 

उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै नाश भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ