arrow

भ्रमण बर्षको उद्घाटनमा ख्यातीप्राप्त होटलका संचालक राखिएनन्

विवादित कर्ण शाक्यका काकाभतिजालाई मन्त्रीको धाप

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
yogesh-bhattrai-karna-shakya.jpg

काठमाडौं। भ्रमण बर्ष २०२० को उद्घाटन बुधबार हुँदैछ। भ्रमण बर्षको उदघाटन सत्रको कार्यतालिका सार्वजनिक भइसकेको छ। तर कार्यतालिकमा नेपालमा पर्यटन उद्योगका रुपमा योगदान गरेका राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातीप्राप्त होटलहरुको तर्फबाट कसैलाई पनि राखिएको छैन। तर विवादित होटल ब्यवसायी कर्ण शाक्य र योगेन्द्र शाक्यलाई भ्रमण बर्षको उदघाटनका क्रममा हुने र्यालीमा भीभीआइपीको रुपमा राखिएको छ। 

होटलहरुको तर्फबाट कर्ण शाक्य र योगेन्द्र शाक्यका काका भतिजालाई मात्र राखिएको छ। होटल संघ नेपाल (हान)का अध्यक्ष सिर्जना राणालाई नै राखेको भए सबै होटलहरुको प्रतिनिधित्व हुनसक्थ्यो। तर शाक्यका काका भतिजालाई मात्र होटलहरुको तर्फबाट राखिएको छ। सोल्टी, सांग्रिला, द्वारिका जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै ख्याती प्राप्त होटलहरुले पर्यटन उद्योगमा दिएको योगदानको कदर गरी उद्घाटनको र्यालीमा राखेको भए कार्यक्रमको गरिमा अझ बढ्ने कुरातर्फ पर्यटन मन्त्रालयको ध्यान पुग्न नसकेको गुनासो कार्यतालिका सार्वजनिक भएपछि आएको छ। तर यी ख्यातप्राप्त होटलहरुलाई नजरअन्दाज गरी शाक्यका काका भतिजालाई मात्र राख्नुले उद्घाटनको गरिमा नै घटाउने काम गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री योगेश भट्टराईले होटलहरुको तर्फबाट शाक्य दाजुभाइलाई मात्र राखेर कार्यक्रमको गरिमा घटाउने काम गरेका छन्। यसरी भ्रमण बर्षको उद्घाटनको दियो बोकेर हिंड्ने टोलीमा पर्यटन ब्यवसायमा योगदान गरेका शाक्य काकाभतिजा र सूरज बैद्य पनि होइनन्। तर उनी भ्रमण बर्षका संयोजक भएकाले उनलाई राखिनु स्वभाविक हो, तर शाक्य दाजुभाइलाई होटलहरुको प्रतिनिधिका रुपमा राखिएकोमा भने आश्चर्यका रुपमा लिइएको छ।

बरु  कर्ण शाक्यले पोखराको फेवाताल अतिक्रमण गरी पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना बनाएकोमा छानबिन समिति नै गठन भई प्रतिवेदन दिइसकेको छ। ती संरचना फेवाताल अतिक्रमण गरेर बनाएको सरकारी छानविन समितिले निष्कर्ष निकालेको छ।

हाल ललितपुर नापी कार्यालय प्रमुख रहेका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छानबिन समितिका अनुसार होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर छन्। बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएको पाइएको छ। समितिले ०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नाप नक्सालाई आधार बनाएको थियो। यसक्रममा १५ मंसिर ०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो। त्यो योजनामा फेवातालको ६५ मिटरभित्र कुनै पनि संरचना बनाउन रोक लगाइएको छ।

त्यस्तै कर्ण शाक्य र योगेन्द्र शाक्यको नगरकोटमा रहेको क्लव हिमालय होटलले पनि १३ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको कुरा बारम्बार आइरहेको छ। यस्ता विवादित ब्यवसायीलाई पर्यटन मन्त्रालयले उद्घाटनको अग्रमोर्चामा राखेकोमा होटल संघभित्रै असन्तुष्टी पैदा भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ