arrow

चिसो अझै बढ्ने

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
cold1.jpg

काठमाडौं । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा मंगलबार हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ ।

सो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

उनले बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ