arrow

भ्रमण वर्ष २०२० को उद्घाटन हुँदै, के के हुँदैछ ? 

अस्तव्यस्त हुँदैछ ट्राफिक, भारत र चीनका पर्यटन मन्त्रीहरु नेपालमा 

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
visit-nepal-20201.jpg

काठमाडौं । सरकारले बुधबार भ्रमण वर्ष २०२० को प्रारम्भ बुधबारदेखि गर्दैछ । अपरान्ह ४ बजे सरकारले राजधानीको दशरथ रंगशालामा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ । 

भ्रमण वर्ष २०२० संयोजक एवं वरिष्ठ उद्योगी सुरज वैद्यले तीन घण्टासम्म चल्ने उद्घाटन भब्य हुने बताएका छन् । 

उनले विदेशी अतिथिहरुलाई राखेर उद्घाटनलाई भब्य बनाइने बताए । वैद्यले भारत र चीनका पर्यटन मन्त्रीहरु आइसकेको जानकारी दिए ।  

विभिन्न स्थानबाट र्यालीसहित दशरथ रंगशालामा पुग्ने कार्यक्रम रहेकाले ट्राफिक व्यवस्था अस्तव्यस्त हुनेछ । दिउँसोदेखि नै ट्राफिक समस्या हुनेछ । 

भीआइपीहरुका लागि टुडिखेलमा पार्किङको व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

सुरक्षा व्यवस्था चुस्त पारिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रहरी मुख्यालयले समेत पनि जनशक्ति परिचालन गरेको प्रहरीले जनाएको छ । 

पर्यटन मन्त्री योगेश भट्टराईले स्वागत भाषण गर्नेछन् । सांस्कृतिक एवं पारम्परिक नृत्य र कलासहित तीन घण्टे कार्यक्रमलाई आकर्षक बनाइने छ । नेपाली सेनाले विशेष तयारी गरिरहेको छ । 

सातै प्रदेशले यो कार्यक्रमको उद्घाटन गर्दैछन् । मुख्य शहरमा भ्रमण वर्षलाई लक्षित गरी उद्घाटन गर्न लागिएको छ । सबै प्रदेशमा मुख्यमन्त्रीहरुले कार्यक्रमको उद्घाटन गर्नेछन् । 

सरकारले सन् २०२० भित्र २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । तर स्पष्ट योजना भने ल्याएको छैन । 

‘नेपालमा खर्च गरेर विदेशी भित्रिन्नन्’

आलोचकहरुले भनेका छन्, ‘नेपालमा खर्च गरेर विदेशी भित्रिन्नन् ।’ बजेटको अनावश्यक खर्च गर्नमा सरकार उद्दत रहेको आरोप पनि लागेको छ । 

विदेशमा रहेका नेपाली दूतावासलाई परिचालन गर्नुको सट्टा भ्रमण वर्षको प्रचारको बहानामा मन्त्रीहरु विदेशमा दौडेको आरोप पनि लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ