arrow

मोदीलाई ओलीको नेपाल भ्रमण गर्न निम्तो

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
oli-modi-one-to-one.jpg

काठमाडौं। ईस्वी संवत २०२०को आगमनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना सहित नेपाल भ्रमणको निम्ता दिएका छन्। नेपालले भ्रमण बर्ष २०२० मनाईरहेको बेलामा उक्त निम्तोले बिशेष अर्थ राख्ने छ।

भारतमा पुन: प्रधानमन्त्रीमा निर्वाचित भएपछि नरेन्द्र मोदी नेपाल आउने बारे अड्कल काटिएको भए पनि कुनै ठोस् कुरा बाहिर आएको थिएन। प्रम ओलीले भारतीय प्रधानमन्त्रीसँग टेलिफोन वार्ता भएको ट्विट मार्फत सार्वजनिक गरेका हुन्।

टेलिफोन वार्तामा सन् २०१९ दुई देशको सम्बन्ध सफल रहेको र २०२०मा अझ उचाई लिने विश्वास व्यक्त गरेको जानकारी प्रमले दिएका छन्। समस्याहरुलाई पनि समाधान गर्दै सम्बन्धको उचाई बढाउने कुरा भएको प्रम ओलीले जानकारी दिएका छन्।

प्रम केपी शर्मा ओलीको ट्विट यस्तो रहेको छ:

‘आज बिहान भारतीय प्रधानमन्त्री @PMOIndia श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो। हामीले नयॉ बर्ष २०२० को शुभकामना आदान-प्रदान गर्यौं। दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विस्वास व्यक्त गर्यौं। मैले प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुन: आग्रह गरेँ।‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ