arrow

मैले विधान मिचेको छैन : देउवा

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
sher-bahadur-deuba.jpg.jpeg

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानलाई आफूले नमिचेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको सुनाउदै भने,' मैले  पार्टीको विधान मिचेको छैन । पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको हुँ।'

सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गरे ।

 उनले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने धारणा व्यक्त गरे।

एक प्रश्नको जवाफमा सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप कायम रहेको छ भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ