काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसंगै वर्षा र हिमपातको संभावना रहेको जनाएको छ । महाशाखाले चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।
काठमाडौंमा पनि सामान्य बदली भइरहेको छ । बुधबारको काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेकामा बिहीबार ५ः३० बजे ४.५ डिग्री सेल्सियस रहेको थियो ।
प्रधानांगले पश्चिम न्यून चापिय प्रभाव रहेको र यो शनिबारसम्म रहने बताए ।
बिहीबार हिमाली र उच्च पहाडी भेकमा हिमपातको सम्भावना, पश्चिम र तराईका भेकमा वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभावले हुस्सू र कुहिरो तराईबाट हटेर जाने प्रधानांगले जनाएका छन् ।
उनले भने, ‘केही दिनपछि यो प्रभाव कमजोर भएर जानेछ । शनिबारसम्म प्रभाव रहने छ ।’